अर्घाखाँचीमा जिप दुर्घटना , एक जनाको मृत्यु

बुटवल। अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बुधवार गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँची शितगंगा नगरपालिका–१२ हिले खोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा  ९ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका रामप्रसाद पन्थी रहेको र मृतकको ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची डीएसपी प्रतीकसिंह राठौरले  बताए ।

घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  ल्याइँदै छ । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!