वर्षाले देवदहका वस्ती र फर्ममा पानी पस्याे, दुइ जनाकाे उद्वार

भैरहवा । विहीबार रातीबाट परेका अविरल वर्षाका कारण रुपन्देहीको देवदह क्षेत्र प्रभावित बनेको छ ।

देवदहको खैरनी स्थित रोहिणी खोला अकस्मात बढ्न जादा देवदह नगरपालिका ३ टंक बहादुर थापाले संचालन गरेको बंगुर फर्ममा पानी पसेको छ । फर्मभित्र काम गर्ने २ जना फसेकोले प्रहरी र स्थानीयको सहायताले सकुशल उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए ।

प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । फर्म वरिपरि ठूलो मात्रामा पानी परेकोले वरिपरिको क्षेत्रमा सर्तकता अपनाइएको छ । अहिले भने पानीको वहाव घटिरहेको छ ।

यस्तै देवदह ३ घोडहा खोला आसपासको क्षेत्र पनि प्रभावित बनेको छ । खोलामा पानीको वहाव बढ्दा वरपरको वस्तीमा पानी पसेको छ । स्थानीय ४ वटा घरमा पानी पसेकोले तीनिहरुलाई स्थानीयको सुरक्षित घरमा स्थानान्तरण गरिएको छ । सामानहरुको केही सामान्य क्षति भएपनि मानवीय क्षति भएको छैन ।

स्थानीय र सुरक्षकर्मीको टोली उद्वारमा खटिएका छन । जिल्ला प्रशासन कार्यालय,  विपद उद्वार टोली, सुरक्षाकर्मीका प्रमुखहरु, रेडक्रस तथा सामाजिक संस्थाहरु पनि विपद स्थलमा पुगेर अवस्था बारे जानकारी लिइरहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!