भैरहवा । आन्तरिक तथा भारतीय पर्यटकलाई लक्षित गर्दै भैरहवा कटेज संचालनमा आएको छ । सिद्धार्थनगर ६ खजहना दुर्गा कलाेनीमा शुभारम्भ गरिएको कटेजको बुधबार होटल एशोसियशन नेपालका लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले उद्घाटन गरे ।
हानका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले कटेजको उद्घाटन गर्दै भैरहवा कटेजले लुम्बिनीको पर्यटन क्षेत्रमा थप एउटा ईट्टा थप्ने विश्वास व्यक्त गरे ।
सिद्धार्थनगरका ६ जना व्यवसायीहरु पुरनसिंह राना, धिरज गौचन , प्रितम सिंह राना, पुर्ण गुरुङ्ग, रोशन थापा, प्रकाश श्रेष्ठको संयुक्त लगानीमा कटेज संचालन गरिएको हो ।
दुई करोड लगानीमा संचालनमा ल्याईएको कटेजमा एसीयुक्त सुविधा सम्पन्न ११ वटा रुम, स्तरीय खाना सहित वाताअनुकुलित रेष्टुरेण्ट, बाहिरी दृष्याअलोकन सहितको आनन्द लिनका लागि कटेजको सुविधा रहेको संचालक धिरज मान गौचनले जानकारी दिए । उनका अनुसार कटेजमा नेपाली, ईण्डियन, चाईनिज, कन्टिनेण्टल खानाका परिकार सहित वर्थडे पार्टी,एनिर्भसरी लगायतका पारिवारिक कार्यक्रमहरु गर्न क्याविन हलको समेत व्यवस्था रहेको छ ।

भैरहवा वासी तथा छिमेकी राष्ट्र भारतका नागरिकहरुको आर्कर्षण वढाउनका लागि सुरुवातीमा खना तथा अन्य परिकार र रुममा १० देखि १५ प्रतिशत छुट दिईने पनि संचालकहरुले बताएका छन् । भैरहवामा धेरै कटेज तथा रेष्टुरेण्ट संचालनमा रहेपनि प्रयाप्त पार्किङ्ग नहुंदा सेवाग्राहीलाई अप्ठेरो परेको उनीहरुको बुझाई छ । त्यसैले भैरहवा कटेजले प्रयाप्त पार्किङ्ग, खुल्ला र ग्रिनरीलाई विषेश प्राथमिकतामा राखेको संचालक पुरन सिंह रानाले बताए ।
सिनपा ६ दुर्गा कोलनीमा एक विगाहा क्षेत्रफलमा फैलिएको भैरहवा कटेजमा हाल १५ जनाले रोजगारी पाएका छन् । निकट भविश्यमै सुविधा सम्पन्न सभाहल लगायतका संरचना तयार गर्ने उनले बताए । आफ्नो एरियामा यस किसिमका कटेजहरु प्हिलो पटक संचालन भएकोले स्थानीयहरु धरै नै खुशी भएको पत्रकार तथा स्थानीय शम्भु पन्तले बताए ।
भिडियाे
