भैरहवा । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले ट्राफिक प्रति नागरिकको मन मस्तिष्कमा राम्रो चित्र नभएकाे बताएका छन । बुधबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको नवनिर्मित भवनहरुको उद्घाटन गर्दै आईजीपी कुँवरले ट्राफिक प्रहरी प्रति आक्रोश व्यक्त गर्दैट्राफिक प्रहरी र सेतो टोपी भन्ने वित्तिकै समस्याहरु आउछन सबैले नागरिकको मन मस्तिष्कमा राम्रो चित्र छैन ।
उनले ट्राफिक प्रहरी प्रति जुन किसिमको छवि र नाकारात्मक किसीमको चित्र आमनागरिकको मन मस्तिष्कमा रहेको छ त्यसलाई हटाउन जरुरी रहेको बताए । हटाउने भनेको आचरण र व्यवहार हो, हामी भित्रको स्वार्थको प्रवृति त्यो भन्दा व्यवसायिक निष्ठाको कुरामा हामी देखिनु पर्छ ।
ट्राफिक ट्राफिक ट्राफिक किन ट्राफिक? ११ सय इन्स्पेक्टर छन सबै इन्सपेक्टर तराईको ट्राफिक जान खोज्छ किन । प्रत्येक जवान तराई अझ लुम्बिनी र मधेसको सिमा चौकी जान खोज्छ किन । काम जहाँ पनि एउटै होइन म म भनेर बुझनुस यो कुरामा म सबैलाई सचेत गराउन चहान्छु उनले भने । ‘१० वर्ष सम्म एउटै कार्यालयमा राख्ने प्रवृति छ । यो र त्यो भनेर राखिन्छ । त्यो विना काम गर्न सक्नु हुन्न । थाहा छैन के हो । तपाईले नयाँ र फ्रेस मान्छेबाट काम गर्नुस त्यो सेटिङ भत्किन्छ ।’ उनले भने ‘ मैले धेरै कति पटक भनेको छु मान्छे १० वर्ष–१५ वर्ष एकै ठाउ बस्ने मान्छे कहिले यो ढोकाबाट त्यो ढोकामा गाछ कहिले त्यो ढोकाबाट यो ढोका आएको छ । यो प्रवृति नष्ट गर्नुस’
आइजिपी कुवरले स्वार्थ रहेन भने मिलाप हुने र स्वार्थ रह्यो भने झडप,तोर तक्पा नमिल्ने , सामूहिक भावनाको विकास नहुने जस्ता समस्या आउने बताउदै सबैलाई व्यवसायीक स्वार्थ मात्रै गनतव्य हो भन्ने धारणाका साथ त्यो गतिमा काम गर्न अनुरोध गरे ।
प्रहरी महानिरीक्षक उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गर्दैछौ । प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारी र परिवारको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही हुन्छ छिट्टै एकजना डीआईजी फस्दै छन ।
यहाँको प्रदेश, जिल्लाले गर्न नसकेको अवस्थामा म मातहत रहेको सुपरिवेक्षण महाशाखाले पनि धेरै काम गरेको छ, छड्के रुपमा पनि परिचालन गरेर त्यस्ता प्रवृतिलाई दुरुत्साहन गर्ने काम गरेको छ । सार्वजनिक रुपमा यस्ता कुरा आउछन भने म म भन्नु पर्छ । यो जिम्मा प्रदेशले जिल्लाले र ट्राफिकको विषय भएको प्रदेश ट्राफिकले पनि लिनु पर्छ । मैले धेरै पटक भनेको छु त्यो प्रवृतिलाई लखेट्नुस लखेट्नुस भनेको भनै छु ।
‘रुपन्देही जिल्ला धेरै अवसर भएको जिल्ला हो, अझैपनि चित्त बुझेको छैन । यहाँ धेरै प्रगति गर्न सकिन्छ र नगारिकलाई त्यो अनुभूती दिलाउदै राज्यलाई पनि धेरै योग्दान गर्न सकिन्छ ।’ उनले भने ‘अहिलेको अवस्थामा राजश्व चुहावटको विषयवस्तु धेरै छन राज्यको ढिकुटी खोक्रो भएको अवस्था मा हाम्रो मुख्य काम राजश्व संकलन नभएपनि चुहावटको माध्यमबाट रोकेर वा थुनेर केही टेवा पुरयाउन सकिन्छ ।’
विकासको लागि असल वतावरण बन्न सक्छ यस्को लागि प्रहरीहरु एक्टीभ हुनुस संगठनले जहिले पनि आन्तरिक सुद्धिकरणको कुरा प्रमुख ठानेको छ र संगठनको सुद्धिकरण हुन्छ ।
बोली व्यवहारमा शिष्टता ल्याउन, काम कारवाहीमा इमान्दार हुन व्यवसायीक नैतिकतामा सम्झौता नगरी हरेक कुरामा पारदर्शी हुन निर्देशन दिएको छु । रुपन्देही पर्यटकीय स्थल भएकोले प्रहरीले यहाँ प्रस्तुत गरेको व्यवहारको प्रचार विश्वभरि हुने गर्छ यसलाई ध्यानमा राखेर प्रहरीले आफ्नो सेवामैत्री र व्यसायिकता प्रदर्शन गर्न निर्देशन दिए । पक्षपातपूर्ण कुनै काममा कसैलाई छुट छैन , पिडितलाई झनै पिडित बनाउने काम हुन्छ कि भनेर सचेत हुनुपर्छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले भने, ‘जहाँ व्यवस्थित कार्याल्य हुन्छ, त्यहाँ प्रहरीको आत्मबल बढ्छ । अब जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मेवारी थपिएको छ ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले ट्राफिक प्रहरीबाट दुख पाएको बताउदै ट्राफिक प्रहरीले इरिक्साको सम्बन्धमा कुनै सहयोग नगरेको बताए । मेयरले मात्रै सबै व्यवस्थापन नहुने भन्दै उनले प्रशासन, प्रहरी र ट्राफिकले सहयोग गरेमात्र काम गर्न सकिने बताए । बस समितिले भनेपछि काम हुने तर स्थानीय सरकारको मेयरले भनेपछि काम नहुने भयोे ।
‘रोडले कति क्षमताको गाडी धान्न सक्छ, त्यही अनुसार गुड्ने अनुमति दिनुपर्छ । रोड विग्रनुको कारण ओभरलोड भएकोले चिटको आधारमा ओभरलोड नघट्ने बताए । ओभर लोडले सडक संरचना भत्किदै गएका छन, रोडको सुधार जब सम्म गाडीले रोडको क्षमता अनुसारको गुड्छ अनि मात्रै हुने’ मेयर खाँले भने । अहिलेको रोडको अवस्थाले यहाँ आउने पर्यटकले दुख पाइरहेका छन । यस्तो प्राकृतिक सम्पदा संसारमै कहि नभएकोले पर्यटकको लागि ठूलो सम्भावना रहेकोले र्फाइदा उठाउन सकिएको छैन ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रहरी कार्यालयले व्यवस्थित संरचना पाएको बताए । उनले प्रहरी नागरिकको सेवामा अझ दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले सुविधासम्पन्न भवनले प्रहरीको आत्मबल बढाउने विश्वास व्यक्त गरे ।
१४ करोड ९६ लाख ९४ हजार ५ सय ९१ रुपैयाको लागतमा २०७६ माघ १७ गतेबाट निर्माण सुरु भई २०८१ साउन ३१ गते निर्माण सम्पन्न भएको हो । पहिलो चरणमा कार्यालय भवन, हिरासत भवन, व्यारेक भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, मेस भवन, नागरिकता सहायता कक्ष र शौचालय निर्माण कम्पनि किरातेश्वर न्यू ड्रागन जेभि काभ्रे मार्फत कार्यालयकै जग्गामा भएको हो भने दोस्रो चरण चमेना गृह, ट्रेड सप, ग्यारेज र सतह निर्माणके काम सपना सुन्दरी इन्जिनियरिङ्ग तिलोत्तमाले गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ई. रोशन सारु मगरले बताए । ।
कार्यालयको आवश्यकतालाई पुरा गर्नेगरि भवनको योजना र डिजाइनमा ८ सय ५८ वर्ग मिटर कुल क्षेत्रफलमा २२ वटा कोठा सहित २ तले र आधा तल्ल्े कार्यालय भवन, २७७ वर्गमिटर कुल क्षेत्रफलमा ८ वटा कोठा सहितको २ तल्ले हिरासत भवन, १२३९ वर्गमिटर कुल क्षेत्रफलमा २०४ जना जनशक्ति रहन सक्ने २ वटा ३ तल्ले व्यारेक भवन, १५८ वर्गमिटर क्षेत्रफलमा ८ वटा कोठा सहितको डेढ तल्ले कार्यालय प्रमुख निवास, २८२ वर्गमिटर कुल क्षेत्रफलमा ८ वटा कोठा सहितको तिन तल्ले सिनीयर प्रहरी अधिकृत निवास, २७६ वर्गमिटर क्षेत्रफलमा ५ कोठा सहितको ढेड तल्ले भान्सा घर र २५ वर्गमिटरो १० वटा कोठा भएको २ वटा शौचालय, ८० वर्गमिटरको ट्रेड सप, २९ वर्गमिटरमा चमेना गृह, र ४ सय वर्गमिटर क्षेत्रफलमा ग्यारेज निर्माण सम्पन्न भएको छ ।
