किन घेरे रिक्सा चालकले सिद्धार्थनगर नगरपालिका ? भिडियाे सहित

भैरहवा । नेपाल अटो टेम्पो तथा ई रिक्सा चालक संघ सिद्धार्थनगरले विना दर्ताका अटो, टेम्पो तथा ईरिक्साहरुलाई संचालनमा रोक लगाउनु पर्ने माग राख्दै सिद्धार्थनगरमा धर्ना दिन पुगेको छ ।
रुपन्देहीका अन्य पालिकाहरुले दर्ता नभएका ईरिक्सालाई संचालनमा रोक लगाएपछि सिद्धार्थनगरमा निर्वाध संचालन गरिरहदा सम्बन्धित निकाय मौन बस्नु शंकास्पद भएको भन्दै कानुनी दायरामा ल्याउनु पर्ने अन्यथा संचालनमा रोक लगाउनु पर्ने उनीहरुको माग छ । यसै सन्दर्भमा आन्दोलनमा रहेका ईरिक्सा चालक संघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सल्लाहकारसंग हामीले तपाईहरुको माग के हो भनेर उनीहरुको धारणा लिएका छौं । साथै जथाभावी संचालनमा रहेका अटो टेम्पो तथा ईरिक्सालाई व्यवस्थित गर्न सिद्धार्थनगरपालिकाले केकस्तो योजना बनाएको छ त भन्न विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापासंग पनि कुराकानी गरेका छौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!