लुम्बिनीको पर्यटन प्रर्वद्धनमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरीकाको चासो

भैरहवा ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरीकाले लुम्बिनीको पर्यटन प्रर्वद्धनमा चासो देखाएको छ । संघले आईतबार अमेरिकाबाट आयोजना गरेको लुम्बिनी पर्यटन प्रर्वद्धन बैठकमा अध्यक्ष डा. अर्जुन बन्जाडेले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोडेर समग्र लुम्बिनी प्रदेशको प्रर्यटन प्रर्वद्धन गर्न गैर आवासीय नेपाली उत्सुक रहेको बताए । उनले भने “हामी कामको शिलशिलामा अमेरिकामा वासेवास गरेता पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी प्रदेश सरकार र स्थानीय तहसंग हातेमालो गर्न चाहान्छौं । ”

अमेरिका तथा नेपालका विभिन्न संघसंस्था, पर्यटन व्यवसायी, स्थानीय सरकारका प्रमुख, प्रदेश सरकारका मन्त्रीहरु, संचारकर्मी लगायतको सहभागिता रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र रहेका १२ वटै जिल्लाका ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेका पर्यटन स्थलहरुलाई लुम्बिनीसंग जोड्ने बताए ।

लुम्बिनी संसारकै प्रसिद्ध पर्यटकीय स्थल रहेकोले बुद्धसंग सम्बन्धित कपिलवस्तु, नवलपरासी, रुपन्देहीलाई जोड्ने गरी प्रदेश सरकारले योजना बनाए भन्दै यसलाई सार्थक बनाउन गैर आवासीय नेपालीहरुको महत्वपुर्ण भुमिका रहने बताए । पर्यटनकै माध्यमबाट समृद्ध लुम्बिनीको उद्देश्यलाई पुरा गर्न सम्भव हुने मुख्यमन्त्री बाचार्यले बताए ।
भर्चुवल बैठकमा सहभागी भएका लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनीलाई विश्वसंग जोड्दै पर्यटक भित्र्याउने काममा गैर आवासीय नेपालीको मुख्य भुमिका हुने बताए ।

बैठकमा अमेरिकामा रहेका विभिन्न संघसंस्थाका प्रमुख,प्रतिनिधि, अमेरिकाका स्थानीय सरकारमा रहेका व्यक्तित्वहरु, गैर आवासीय नेपाली संघ अमेरिकाका पदाधिकारी एवम् सदस्य, रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका विभिन्न स्थानीय तहका प्रमुह, प्रशासकीय अधिकृत, पर्यटन व्यवसायी, अन्य उद्योगी व्यवसायी, संचारकर्मी लगायतले लुम्बिनीको पर्यटन प्रर्वद्धनमा एन.आर.एन.ए को भुमिका महत्वपुर्ण रहने धारणा राखेका थिए ।

कार्यक्रम संघका उपाध्यक्ष एवम् व्यापार तथा पर्यटन विभाग प्रमुख नेत्र पाण्डेले संचालन गरेका थिए । संघले यस अघि नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुसंघ नेपालको समग्र पर्यटन विकासका लागि गैर आवासीय नेपालीहरु योगदान गर्न चाहेको भन्दै छलफल गरेका थिए । उनीहरुले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानीको वातावरण बनाईदिन समेत सरकारसंग आग्रह गरेका थिए ।

संघले लुम्बिनीको विकासका लागि यहांका सरकार तथा तथा स्थानीय व्यवसायीहरुसंघ सहकार्य गर्न ईच्छुक रहेकोले अमेरिका र नेपाललाई जोड्न सकिने नेपालको तर्फबाट समन्वय गरिरहेका लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय अधिकृत तुलसीराम लामिछानेले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!