लियो बुटवलद्वारा रक्तदान

बुटवल। लियो क्लब अफ बुटवल आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । सनिबार बुटवल मिलनचोक दियालो फुडल्याडमा रक्तसंचार केन्द्र भैरहवाको प्रबिधिक सहयोगमा रक्तदान गरिएको हो ।

अध्यक्ष प्रतिक खनालले रगतको अभावले कसैको ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको र अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने खनालले बताए ।

रक्तदान कार्यक्रममा १ सय १७ जनाले रक्तादान गरेका संयोजक प्रतिक ज्ञवालीले जानकारी दिए । वृहत् रक्तदान कार्यक्रम ३० जनाले पहिलो पटक रक्तदान गरेका थिए ।

कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका द्धितिय भवाइस गर्भनर संदिप कसौधनले पश्चिम नेपालकै पुरानो क्लब लियो क्लब बुटवलले विगत ३९ बर्ष देखि सामाजिक उत्तरदायित्व अभियान अन्तगत रक्तदान लगायत विभित्र समाजिक कार्य गर्दै आएको बताए । लियो अध्यक्ष सल्लाकार नरेश कुमार श्रेष्ठले रक्तदान जिवनदान भएकोले रक्तादान गर्नुपछ बताए , लायन्स क्लब अफ बुटवल अध्यक्ष मृगेन्द्र गोबिन्द श्रेष्ठले रगतको अभाव हुन नदिन नियमित रक्तदान गर्ने अब लायन्स ,लायनेश , लियो मिलेर सयुक्त गरिने बताए । लायनेश क्लब अफ बुटवल अध्यक्ष मिना श्रेष्ठ लगाएतले बोलेका थिए ।ं

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!