प्रहरीले पर्यटकलाई दुःख दिन्छ भन्नु गलत हो: एसपी राठौर (भिडियाे सहित)

भैरहवा । सिमानाकामा भारतीय पर्यटकलाई नेपाल प्रहरीले चेकजांचको क्रममा अनावश्यक दुःख दिन्छन् भन्ने कुरा सतप्रतिशत गलत भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रंजित सिंह राठौरले बताएका छन् ।

सिमामा प्रहरीले पर्यटकको सहजताका लागि एकीकृत जांच डेक्सको स्थापना गरी काम गरिरहेको उनले दावी गरे । “प्रहरीले पर्यटकलाई सहज नेपाल प्रवेश गर्न र भन्सार सुविधा लिन सहजीकरण गरिरहेको छ उनले भने । ” छ महिना अगाडि मात्र रुपन्देही प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरिक्षक राठौरले स्टार संवादमा कुराकानी गर्दै रुपन्देहीको शान्ति सुरक्षा विगतको भन्दा चुस्त रहेको दावी गरे । “रुपन्देहीमा कुनै अप्रिय घटना घटेको छैन् कतिपय छिटफुट घटनाको हामी सुक्ष्म अनुसन्धानबाट सफलता पाएका छौं उनले भने । ”

खुल्ला सिमानाकाको फाईदा उठाउंदै कतिपय व्यक्तिहरुले परम्परागत रुपमै विना भन्सार सामाना नेपाल भित्र्याउन पाउनु पर्छ भन्ने मान्यता रहेको समेत उनले बताए । तर त्यस्ता भन्सार छलिका सामानहरु धमाधम पक्राउ गरी भन्सार चलान गरिएको समेत एसपी राठौरले जानकारी दिए ।

रुपन्देही प्रहरीले पछिल्लो समय अदालतबाट सजाय फैसला भएका फरार प्रतिवादीलाई पक्राउ गर्ने काममा समेत आक्रमक रुपमा लागेको छ । सजाय फैसला भएका त्यस्ता व्यक्तिहरु समाजमा खुलेआम घुमफिर गर्नु पनि सुरक्षा चुनौतिको रुपमा रहेकोले पक्राउ गरिएको एसपी राठौरले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्गक अनुसार गत आर्थिक वर्ष २०८०। ०८१ मा मात्रै ३ सय ९२ जान फरार प्रतिवादी पक्राउ परेका छन् । जसबाट १ करोड ६७ लाख २० हजार १०८ रुपैया जरिवाना समेत असुल भएको छ । यो विगत वर्षको तुलनामा दोब्बरले बढी हो ।

यस्तै जिल्ला प्रहरी कार्यालय महिला सेलले घरेलु हिंसाका घटनालाई प्राथकिमताका साथ सम्बोधन गरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०। ०८१ मा ५ सय ६९ वटा घरेलु हिंसाका उजुरीहरु दर्ता भएका छन् । जसमध्ये ३ सय ९८ वटा उजुरी मेलमिलापबाट समाधान गरिएको तथ्याङ्गक छ । कतिपय अवस्थामा उजुरी गर्ने तर उजुरी कर्ता नै पछि सम्पर्कमा नआउने घटना समेत देखिएका छन् । यसरी उजुरी गरेर पनि सम्पर्कमा नआउने संख्या ६५ छ । भने अन्य ५५ वटा उजुरीलाई थप कारवाहीका लागि अन्य सम्बन्धित निकायमा पठाईएको छ ।

परिवारभित्रै बाट हुने घरेलु हिंसाका घटना पहिलाको तुलनामा बाहिर ल्याउने क्रम बढेको देखिन्छ । सचेतनाका कारण पीडितहरुले उजुरी गर्ने दर बढेको एसपी रंजित सिंह राठौरले बताए । घटना पहिला पनि हुन्थे तर परिवारभित्रै मिलाउने वा सहेर बन्ने धेरै थिए भने पछिल्लो समयमा समाजमा आएको चेतनाका कारण घरेलु हिंसाका घटना दर्ता क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा घरेलु हिंसाका ७२ वटा उजुरी महिला तथा वालवालिका ईकाई (महिला सेल) मा दर्ता भएका छन् । जस मध्ये ४० वटा उजुरी मेलमिलापमा टुंगिएका छन् । पीडकलाई सचेत गराई पीडितलाई परिवारमा पुर्नस्थापना गर्नुपर्ने कारण पनि घरेलु हिंसाका धेरै घटना मेलमिलापमा समाधान गरिनु पर्ने एसपी राठौले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई आम नागरिकको सहज पहुंचसम्म पुरयाउन र सजिलै उजुरी दर्ता गर्नको लागि नागरिक मैत्री वातावरण तयार गरिएको प्रहरी उपरिक्षक राठौरले बताए । यस्तै जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थापन लगायत चोरी तस्करी नियन्त्रणका अलावा डर लाग्दो तबरले वृद्धि हुदै गएको आत्महत्याका घटना न्युनिकरण तथा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अभियान संचालन गर्दैछ ।

प्रहरी प्रधान कार्यालय काठामाडौंको कार्ययोजना अनुसार देशका ७७ वटै जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला, पालिका र वडा तहमा समिती गठन गरी आत्महत्याका घटना न्युनिकरण गर्ने अभियानमा जिल्ला प्रहरी कार्यालयले तत्पर्ता देखाएको छ । अभियान कसरी संचालन हुदैछ भन्ने विषयमा रहेर हामीले प्रहरी उपरिक्षक रंजित सिंह राठौरसंग भिडियो कुराकानी गरेका छौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!