अलपत्र सडक र सरकारको त्रुटीपूर्ण नीति पर्यटन व्यवसाय विकासको बाधक हो: चन्द्र प्रकाश श्रेष्ठ (भिडियाे सहित)

भैरहवा । नेपालको पर्यटन क्षेत्रको विकासका लागि विगत १८ वर्षदेखि निरन्तर लाग्ने व्यक्ति हुन् चन्द्र प्रकाश श्रेष्ठ । २००६ सालमा जग्गाको कारोबार गर्दा गर्दै होटल व्यवसायमा होमिएका श्रेष्ठले लुम्बिनीमा पर्यटनको ठुलो सम्भावना देखेर होटल नान्सको शुभारम्भ गरेका हुन् । यस क्षेत्रमा पहिलो थ्री स्टार होटल र क्यासिनो संचालन गरेका उनले होटल नान्सको स्तरोन्ती गरी चारे तारे बनाईसकेका छन् । छरिएर रहेका होटल व्यवसायीहरुलाई एकत्रित गरी सिद्धार्थ होटल एशोसिएसन( सान) मा आवद्ध गर्ने र संस्थालाई जिवन्त राख्ने काम उनैबाट भएको हो ।

पर्यटन क्षेत्रको सम्भावना देखेर निकै उत्साहित भएका उनी भैरहवा बाहेक अन्य जिल्लामा पनि आफ्नो व्यवसाय विस्तार गर्न चाहेका छन् । तर देशको राजनीतिक खिचातानी, अपरिपक्क राजनीतिक नेतृत्व, भुकम्प, कोभिड आदि कारणले गर्दा पर्यटन क्षेत्रमा चुनौति थपिएको बताउंछन् । विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारतबाट २ प्रतिशत भारतीय पर्यटकलाई नेपाल ल्याउन सकेमात्र नेपालको आर्थिक वृद्धि हुने उनी दावी गर्छन् ।

होटल एशोसियसन नेपाल हानका लुम्बिनी प्रदेश संयोजक रहेका चन्द्र प्रकाश श्रेष्ठले लुम्बिनी प्रदेश पर्यटनको प्रचुर सम्भाव्यता बोकेको प्रदेश रहेपनि सडक पुर्वाधार गतिलो नहुंदा पर्यटन विकासमा पछाडि परेको बताए ।

स्टार संवादमा कुराकानी गर्दै हानका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले अलपत्र सडक र अनियमित हवाई सेवाका कारण पर्यटक सहज रुपमा नेपाल प्रवेश गरेर गन्तव्यसम्म पुग्न पर्यटकलाई कठिन भएको बताए । “सडक लथालिङ्ग छ, हवाई सेवा नियमित छैन जसका कारण नेपालको पर्यटन क्षेत्रले ठुलो क्षति व्यहोनु परेको छ । ”उनले भने ।

उनका अनुसार लुम्बिनी प्रदेशमा रहेका पाल्पा, गुल्मी, अर्घाखांची, मुक्तिनाथ, पोखरा लगायतका पर्यटकीय गन्तव्यमा पर्यटक जान ईच्छुक रहेपनि सडक पुर्वाधार सहज नहुंदा लुम्बिनीबाटै भारत तर्फ फर्किने पर्यटक धेरै रहेका छन् । जसका कारण पर्यटकहरुको नेपाल बसाई नहुंने र यहांका पर्यटन व्यवसाय चलायमान नहुने समस्या झेल्दै आईरहेका छन् ।

नेपाल भारत जोड्ने वेलहिया नाकालाई व्यवस्थित गर्न नसक्दा भारतीय बाटो हुदै प्रवेश गर्ने पर्यटकले नेपाली भुमिमा आएको अनुभुति नै गर्न नसकिरहेको श्रेष्ठको भनाई छ । सिमानाकामा व्यवस्थित सुचना केन्द्र, अध्यामगन, सहज भन्सार सुविधा उपलब्ध गराउनु पर्ने उनले माग गरे ।

देशमा देखिने राजनीतिक अस्थिरताका कारण पनि पर्यटन क्षेत्र नकारात्मक चपेटामा परेको उनले बताए । सत्ताधारी राजनीतिक दल, मन्त्री समेतले नेपालको पर्यटनलाई बुझ्न नसकेको कारण पर्यटन नीतिमा थुप्रै त्रुटी रहेको श्रेष्ठले सुनाए । “नीति निर्माण गर्ने र त्यसको कार्यान्वय गराउने पक्ष समेत पर्यटन क्षेत्र भनेको बुझदैन वा बुझ्न चाहन्न यो देशको लागि विडम्बना हो उनले भने । ”

सरकार र नीजि क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास सम्भव हुने उनको भनाई छ । सरकारले पर्यटन गन्तव्यको पुर्वाधार विकास गर्ने, सडक र हवाई सेवा विस्वासिलो बनाईदिए मात्रै नेपालमा पर्यटकको आईरो लाग्ने श्रेष्ठल्े दावी गरे । लुम्बिनीलाई ब्रान्डिङ्ग गरी प्रचार प्रसार गर्न सक्ने हो भने वािर्षक ५० लाख बौद्ध मार्गि पर्यटक लुम्बिनी आउने् उनले बताए ।

कोरोनाकाल पछि निरास बनेको पर्यटन व्यवसायी अहिलेको एमाले कांग्रेस गठबन्धनको सरकारबाट भने धेरै आशावादी देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा वलीको नेतृत्वमा बनेको सरकारले भैरहवामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई ईन्धन र टिकटमा सहुलियत दिने नर्णय गरेसंगै यो निर्णय स्वागत योग्य भएको उनीहरुले बताएका छन् । थप कुराकानी भिडियो मार्फत

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!