भैरहवा, विना भण्डारी श्री वेलहिया माध्यमिक विद्यालय, सिद्धार्थनगरको प्राचार्यको रुपमा सेवारत छिन् । करीब ३० वर्षको लामो शिक्षण यात्राको उत्तराद्र्धमा प्राचार्यको भुमिकामा रहंदा वेलहिया माविको शैक्षिक गुणस्तर कसरी वृद्धि गर्न सकिन्छ भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ ।
त्यसो त यस अघि एक नीजि विद्यालयको प्रिन्सिपलको जिम्म्ोवारी कुसलतापुर्वक निर्वाह गरेकी भण्डारीलाई बालमनोविज्ञान र शिक्षण सिपमा राम्रो दख्खल छ । तर पनि सरकारी स्तरका विद्यालयहरुको भौतिक तथा शैक्षिक उन्नतीका लागि चुनौति भने धेरै छन् ।
चुनौतिका बीचमा पनि विद्यालयको भौतिक पुर्वाधार सुधारका क्ष्ँेत्रमा धेरै प्रगति भएको प्राचार्य भण्डारीले बताईन् । उनी भन्छिन्“ विद्यालयमा सुरुमा प्रवेश गर्दाको अवस्था देख्दा म आत्तिएकी थिए । रुन मन लाग्ने अवस्था थियो । कहांबाट सुधार सुरु गर्ने, कसरी गर्ने अन्यौलता थियो । विद्यँर्थीहरुको पोशाक देखि उनीहरुको गतिविधि समेत फरक थियो । तर आज हेर्दा एसईईको नतीजा राम्रो दिन नसकेपनि विद्यालयभित्र धेरै सुधारका कामहरु भएका छन् । आशा छ अब शैक्षिक गुणस्तर विस्तारै देखिने गरी नतीजा आउनेछ । ”
विनाले आफु विद्यालयको जिम्मेवारी लिएदेखि विभिन्न संघसंस्था, स्थानीय व्यक्तिहरु ,समुहहरुसंग हारगुहार गरेर अहिले विद्यालयको रङ्गरोगन, मञ्च निर्माण, कक्षाकोठाको सुन्दरीकरण देखि लिएर बालबालिका खेल्नको लागि विभिन्न मनोरञ्जनका साधनहरु, विद्यार्थीहरुका लागि विद्यालय परिषरभित्र सिमेन्टीका वेन्च निर्माण लगायका भौतिक संरचनामा धेरै सुधार गरेको बताउंछिन् । “स्थानीयको राम्रो सहयोगका कारण विद्यालय हेर्न लायकको भएको विनाको भनाई छ । अझै धेरै कुराहरु सुधार गर्नु पर्ने छ उनी भन्छिन् । ”
विद्यालयमा विद्यार्थीहरुका लागि समकक्षी शिक्षण सिकाई अभ्यास गरिएको प्राचार्य भण्डारीले बताईन् । कक्षामा उत्कृष्ट विद्यार्थीबाट पढाईमा कमजोर विद्यार्थीहरुलाई सिकाई गराउने पद्धती समकक्षी सिकाई हो । आफ्ना साथीहरुबीच छलफल गरी अध्ययन गर्दा कमजोर विद्यार्थीहरुले सजिलै सिक्न सक्ने उनी बताउंछिन् ।
यस्तै विद्यालयमा कमजोर विद्यार्थीहरुलाई विषेश कक्षा संचालन समेत गरिएको छ । राम्रो नतीजा ल्याउनको लागि त्रिकोणात्मक प्रयास अनिवार्य हुने उनी बताउछिन् । विद्यालयमा शिक्षक, घरमा अभिभावक र स्वयम् विद्यार्थीले कडा मेहनत गरेमात्र सोंचेजस्तो गुणस्तर पाउन सकिन्छ उनी भन्छिन् ।
जसका लागि समय समयमा अभिभावक भेला गर्ने, विद्यार्थीहरुका व्यतिmगत आनीबानीका विषयमा शिक्षक र अभिभावकबीच कुराकानी आदानप्रदान गर्ने समेत विद्यालयले व्यवस्था गरेको छ ।
विद्यार्थीलाई स्वरोजगार बन्नुपर्छ भन्ने सिकाईका लागि विद्यालयमै “ पढ्दै कमाउंदै रमाउंदै” कार्यक्रम संचालन गरिएको छ । जस अन्तर्गत कक्षा ६ देखि कक्षा नौं सम्मका विद्यार्थीहरुलाई प्रत्येक महिनामा एउटा सिप सिकाउंने र त्यसबाट आर्जन भएको रकम विद्यार्थीलाई हस्तान्तरण गरिदिने गरिएको विनाले बताईन् ।
विद्यालयमा गत आर्थिक वर्षमा विद्यार्थीहरुले आंपको मुरब्बा, असार बनाउने, च्याउं खेती, फुरनदाना बनाउने, चुरापोते बनाउने, टपरी बुन्ने, फुलबाट विरुवा उमार्न सिकाउने जस्ता धेरै जिवनोपयोगि तालिमहरु सम्पन्न गरिएका छन् ।
सिप सिकाएपछि विद्यार्थीहरुले उत्पादन गरेका वस्तुहरु विक्री गरि उनीहरुलाई आयआर्जन गर्न सिकाउने उद्देश्यले यस्ता कार्यक्रमहरु संचालन गरिएको प्राचार्य भण्डारी बताउंछिन् ।
विद्यालयमा पारिकारिक वातावरण सृजना गर्नको लागि शिक्षक महिलाहरुको नेतृत्वमा न्यायिक समिती बनाएर छात्राहरुमा देखिने समस्याको पहिचान गरी यसका विषयमा छलफल गर्ने र समाधान निकाल्ने काम भईरहेको छ । “कुनै पनि विद्यार्थीलाई कुनै समस्या परर्यो भने सहजै शिक्षकलाई भन्ने गर्छन् उनी भन्छिन् ।”
साढे चारसय बढी विद्यार्थी अध्ययनरत विद्यालय वेलहिया माविलाई नमुना विद्यालय बनाउंने आफ्नो सपना रहेको प्राचार्य विनाले बताईन् ।
गुल्मी जिल्लाको तम्घास भाड गाउंमा बुवा आमा स्वर्गीय दुर्गा बहादुर भण्डारी, देउकी भण्डारीको कोखमा जिन्मिएकी विना भैरहवामा रहेको कन्या स्कुलकी पुर्व विद्यार्थी हुन् ।
विनाको कमान्डि¨ क्षमताका कारण विद्यालय समय बाहेक पनि उनी समाजिक काममा सक्रिय छिन् । २०७३ सालमा ईनरह्वील क्लब अफ लुम्बिनीको सदस्य बनेकी विनाले २०८१ मा क्लबको अध्यक्ष बन्न सफल भएकी छिन् ।
आफ्नो कार्यकालमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सामाजिक कामहरु गर्ने उनले कार्ययोजना बनाएको सुनाईन् । नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि सक्रिय जिवनशैली र ईच्छाशक्ति आवश्यक हुने उनको भनाई छ ।
प्रस्तुती ः सम्झना शर्मा
