धार्मिक अभियन्ता पुष्कर खतिवडा प्रहरी नियन्त्रणमा

काठमाडौं । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको नाममा अनुष्ठान गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए ।

प्रहरीले उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!