लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आईतबार विश्वासको मत लिने तयारी गरेका छन् । चौथो अधिवेसनको २४ औं बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावीत कार्यसूची सार्वजनिक भएको छ ।

लुम्बिनी प्रदेश सभाले २४ औं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्य सहित आफूमाथी प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्ताव माथी छलफल भई उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री दिने सम्भावीत कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

यस्तै बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषद्मा कार्यविभाजन गरी पुर्नगठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।

केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने हुन्छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिले मुख्यमन्त्रीसँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एक÷एक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!