नयाँ सत्ता समीकरणसँगै शेयर बजारमा सुधार

नयाँ सत्ता समीकरणसँगै शेयर बजारमा सुधार भइरहेको छ । गएको १६ गते शेयर बजार परिसूचक नेप्से २ हजार ३७ दशमलव ०९ विन्दुमा रहेकोमा काँग्रेस–एमाले समीकरणको चर्चासँगै १७ गतेदेखि बढ्न थालेको हो । गएको बिहीवार नेप्से दुई हजार दुई सय चार दशमलव ६१ विन्दुमा पुगेको छ ।

सत्ता समीकरण फेरिएसँगै शेयर बजारमा नीतिगत सुधार हुने अपेक्षाले लगानीतर्फ आकर्षित भएका पुँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले बताउनुभयो । नेपाल राष्ट्र बैंकले २०७८ साल भदौ ८ गते ल्याएको मौद्रिक नीतिमार्फत नेपाली पुँजीबजारलाई नियन्त्रण गर्ने र बैंकिङ शेयर कर्जामा क्याप लगाउने जस्ता व्यवस्थाले प्रभावित भएको पुँजीबजार अहिलेसम्म माथि उठ्न सकेको छैन ।

२०७८ साल भदौ ३ गते ३२ सय अङ्क पार गरेको नेप्से त्यही दिनदेखि ओरालो लाग्न थालेको थियो । ३२ सय अङ्कमा पुग्दा पुँजीबजारमा सूचीकृत धितोपत्रको कुल मूल्य ४४ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा अहिले ३४ खर्ब ९६ अर्बमा छ ।

अहिले पनि वास्ताविक लगानीकर्ताले शेयर बजारमा लगानी गर्न नसकेका विज्ञहरु बताउँछन् । अबको मौद्रिक नीतिमा विगतमा गरेका गल्ती सच्याउँदै पुँजीबजारलाई नियन्त्रणमुखी नीति खारेज गर्न आवश्यक रहेको उद्योगी विनोद चौधरीले बताउनु भयो ।

अध्यक्ष पोखरेलले राष्ट्र बैंकले १५/२० करोडको सीमालाई खारेज, जोखिम भारलाई १०० प्रतिशत कायम गर्नसके मात्रै पनि पुँजीबजार लगानीकर्ता उत्साहित हुने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!