अवतरणकाे क्रममा भैरहवा रनवेबाट बुद्धको जहाज चिप्लियो, उडान हुन सकेन

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ ।  बिहीबार राति काठमाडौंबाट गएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर बाहिर पुगेको हो । जहाजको एकातर्फको चक्का माटोमा गाडिन पुग्याे ।

पूर्वबाट पश्चिमतर्फ अवतरणका क्रममा जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताएका छन् । जहाज चिप्लिएपछि बुद्ध एयर र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका छन्। रनवेबाट बाहिर गएको जहाजलाई तानेर पार्किङ एरियातिर ल्याइने प्रयास छ  । धावनमार्गको किनारमा पुगेको बुद्धएयरको जहाज हटाउन नसक्दा बिमानस्थलबाट आज बिहान हुने कुनैपनि उडान हुन सकेको छैन ।

काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिएर रनवेबाट  बाहिर  पुगेको थियो । गएराती नै बुद्ध एयरको १५ जनाको प्राबिधिक टोली आएर जहाज हटाएर मरमत गर्ने प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । आज बिहानै देखि रनवेबाट जहाज हटाउने प्रयास भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

अहिले काठमाडौंबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उहाँले बताए । जहाजमा ५९ यात्रु सवार थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!