बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थीहरुलाई ईमान्दारीताको साथ आफ्नो पढाईलाई निरन्तरता दिनको लागि सुझाब दिएका छन् । अनेरास्ववियु रुपन्देहीले एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न विद्यार्थीहरुको आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले ईमान्दारीताको साथमा अध्ययनलाई निरन्तरता दिन सके जीवनमा सफलता हासिल गर्न सकिने बताए ।
अभिभावकको चाहानामा भन्दा विद्यार्थीको रुचिको आधारमा विषय छनोट गरेर पढ्नको लागि ओलीले शुझाब दिए । नेपालीहरु बहादुरीका मात्र नभएर बिद्धानहरुका पुर्खा रहेको अध्यक्ष ओलीले दाबी गर्दै प्रचारप्रसारको कमीले गर्दा नेपाली बिद्धानहरुमा ओझेमा परेको बताए। ऋषिमुनीहरुले यही भूमिबाट अध्ययन, अनुसन्धान र आविष्कार गरेको बताउँदै उनले नेपाल ज्ञानको भूमि भएको र अहिलेको पुस्ताले नेपालमै सम्भावना देख्नको लागि शुझाब दिए ।
यस्तै एसइईमा मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अनलाइन कक्षा सञ्चालन गर्ने भएका छन् । अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क रुपमा आफूले कक्षा सञ्चालनको व्यवस्था गरेको जानकारी गराए ।
एसइई परीक्षमा उत्तीर्ण विद्यालाई सम्मान गर्न विहिबार बुटवलमा आयोजित कार्यक्रमा बोल्दै उनले आत्मविश्वासकासाथ तयारी गरेर मौका परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गरे । अध्यक्ष ओलीको आफ्नै फेसबुकमा गएर सम्पर्क गर्न विद्यार्थीलाई आग्रह गरिएको हो । अनलाइन कक्षामा गणित, विज्ञान, सामाजिक शिक्षा, ऐच्छिक गणित र लेखा विषयका दक्ष शिक्षकहरुबाट अध्यापन गराइने जानकारी गराए । अध्यक्ष ओलीले आफ्नो फेसबुक वा ९८४१८९७६१३ नम्बरमा फोन गरेर आवश्यक जानकारी लिन विद्यार्थीलाई आग्रह गरेका छन् ।
अनेरास्ववियू रुपन्देहीले जिल्लामा ४ जीपीए ल्याउने २ जना विद्यार्थीसहित ३ दशमलव ६ जीपीय ल्याउने १०२८ विद्यार्थीलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै एमाले अध्यक्ष ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमता अनुसार अघि बढ्न आग्रह गरे । हरेक मानिसमा फरक फरक क्षमता हुने बताउँदै उनले आफ्नो क्षमता पहिचान गरेर अघि बढ्नु पर्ने विद्यार्थीहरुलाई सुझाब दिए । आफ्नो लक्ष्य प्राप्तिका लागि सधै इमान्दार भएर लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले जीवनमा कहिल्यई पनि घमण्ड गर्न नहुने सुझाब दिए । घमण्डले ज्ञान हासिल गर्ने कुरा वा सफलतालाई छेकेर राख्ने उल्लेख गरे ।
अंग्रेजी, गणित , बिज्ञान लगायतका विषयहरुमा अनलाईन कक्षा सञ्चालनको लागि तयारी गरिएको र विद्यार्थीहरुलाई आफ्नो फेसबुक पेजमा जोडिनको लागि एमाले अध्यक्ष ओलीले आग्रह गरे । यस्तै कार्यक्रममा रुपन्देहीको सैनामैनामा रहेको रामापुर माध्यमिक विद्यालयबाट एसईईमा ४ जीपीए प्राप्त गर्ने कृतिम भट्टराईलाई खादा तथा दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।
