रहेनन् ऋषि ज्ञवाली

बुटवल । दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेशन प्रालिका पूर्व अध्यक्ष एंव समाजसेवी ऋषि ज्ञवालीको विहिवार विहान निधन भएको छ । ६८ वर्षीय ज्ञवालीको उपचार गर्दागर्दै काठमाडौंको मेडिसिटी अस्पतालमा विहान ३ बजे निधन भएको हो ।

पाँच महिना अघि उहाँको मृगौला प्रत्यारोपण भएको थियो । २०१३ साल भदौ २४ गते भारतको शिलाङमा जन्मनुभएका ज्ञवाली तत्कालीन नेकपा मालेमा संगठित भई राजनैतिक आन्दोलनमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँ लामो समय मणिमुकुन्द सेन उद्यानको उपाध्यक्ष भई उद्यानको संस्थागत विकासमा योगदान गर्नुभएको थियो । एन्फा एकेडेमीमा आबद्ध भई फुटवलको व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । बुटवलमा केन्द्रीय कार्यालय भएको सिद्धार्थ डेभलपमेण्ट बैंकको स्थापनाकालमा सञ्चालक रहनुभएका उहाँ यहाँका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो ।

स्वर्गीय ज्ञवालीको विहिवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँका एक छोरा र दुई छोरी छन् । सिद्धार्थ पब्लिकेशनका अध्यक्ष मोहन चापागाईले शोक विज्ञप्ति निकाल्दै पूर्व अध्यक्ष ज्ञवालीको निधनले स्तब्ध बनाएको बताउनुभएको छ । ‘स्वर्गीय ज्ञवालीले दैनिक लुम्बिनीको संस्थागत विकासमा पु¥याउनुभएको योगदान अतुलनीय छ, यो योगदान हामीले सधैं सम्झने छौं, हाम्रा अभिभावकले मार्गनिर्देश गरेको बाटो हामीलाई सधैं प्रेरणादायी हुनेछ,—विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!