सम्झना शर्मा
अर्घाखांची सिमेन्ट तथा खानी उद्योग रुपन्देहीले प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा ५१ लाख रुपैंया सहयोग गरेको छ ।
उद्योगका संचालकद्धय राजेश कुमार अग्रवाल, गौरव अग्रवालले आईतबार उतm रकमको चेक प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्ेललाई हस्तान्तरण गर्नुभयो ।
देशलाई विपत परेको समयमा उद्योगीहरु कसरी हेरर बस्न सक्छन भन्दै संचालक राजेश कुमार अग्रवालले प्रेदेश सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापन गर्नका लागि सहज होस भनेर उतm रकम प्रदान गरिएको जानकारी दिनुभयो ।
यस्तै उद्योगले आफ्ना मजदुरहरुलाई उद्योग संचालन नभएको अवस्थामा खाद्यन्न लगायतका सबै व्यवस्थापन मिलाएको उहांले जानकारी दिनुभयो ।
चेक ग्रहण गर्दै मुख्यन्त्री शंकर पमेख्रेलले अर्घांखाची सिमेन्टको सहयोग रकमले प्रदेश सरकारलाई कोरोना रोकथाम गर्नमा ठुलो मद्दत पुग्ने बताउनु भयो । उतm रकम प्रदेश सरकार पछिको दोस्रो ठुलो रकम भएको भन्दै ठुलो मन गरेर सरकारलाई सहयोग गरेको भन्दै उद्योग परिवारप्रति धन्यावाद व्यतm गर्नुभयो ।
अर्घाखांची सिमेन्टले समाजका हरेक क्रियाकलापमा आफ्नो उपस्थिति सहयोगीका रुपमा प्रस्तुत गरेको उद्योगका जिएम उद्यव बहादुर कार्कीले बताउनु भयो । उद्योगले शिक्षा,स्वास्थ्य,समाजिक रुपान्तरण लगायतका सबै क्षेत्रमा सहयोग गर्दै आईरहेको उद्योगका नायव महाप्रबन्धक कृष्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार उद्योगले रुपन्देहीको सियारी गाउंपालिकालाई २ लाख रुपैया सहयोग प्रदान गरेको छ । उद्योगको खानी क्षेत्र पाल्पाको तिनाउ गाउंपालिका र माथागढी गाउंपालिकामा १५ लाख वरावरको खाद्यन्न राहत वितरण गर्ने छ ।
उहांका अनुसार प्रति परिवार बढीमा २० किलो चामल, चार किलो दाल, दुई किलो नुन, एक लिटर तेल वितरण गर्ने गरि सोमबार पाल्पा जाने तयारी गरिएको छ ।
चेक हस्तान्तरण गर्न उद्योगका संचालक सहितको टोली मुख्य मन्त्री कार्यालय बुटवल पुगेको थियो । अर्घाखांची सिमेन्ट उद्योग यस क्षेत्रकै ठुलो प्लान्टको रुपमा रहेको छ । रुपन्देहीको सियारी गाउंपालिमा रहेको उद्योगले दैनिक तिन हजार टन सिमेन्ट उत्पादन गर्दै आईरहेको छ ।
