सार्वजनिक लेखा समितिद्वारा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल अनुगमन, औपचारिकता मात्र भएको स्थानीयको प्रतिक्रिया

भैरहवा ।संघीय संसदको सार्वजनिक लेखा समितिले भैरहवामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल र लुम्बिनी विकास कोषको स्थलगत अनुगमन गरेको छ । असार १६ गते आईतबार आएको १० सदस्यीय टोलीले सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा सारेकारवालाहरुसंग छलफल गरेको छ ।

विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी खर्च तथा निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटीहरु, विमास्थलको क्षमता र विस्तार, उद्देश्य बमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौति, विमानस्थल निर्माणको उद्देश्यअनुरुपको उपयोगको सुनिश्चितता सहितको भावि कार्ययोजना लगायतका विषयमा छलफल भएको नागरिक उड्ययन कार्यालय, भैरहवाको बारेमा प्रस्तुतीकरण भएको  संयोजक योगेश कुमार भट्टराईले जानकारी दिए ।

कार्यक्रममा बिमानस्थलको अवलोकन तथा लुम्बिनी प्रदेशसभाको सार्वजनिक लेखा समिति, मुख्य मन्त्री, पर्यटनमन्त्री र प्रमुख सचिव, पर्यटन सचिव, जिल्ला प्रशासन कार्यालय, रुपन्देही, तीनवटै सुरक्षा निकायका रुपन्देही जिल्ला प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, संघीय संसद र प्रदेश सभाका जनप्रतिनिधि संग भेटघाट तथा छलफल भएको संयोजक भट्टराईले जानकारी दिए । सोमबार नै लुम्बिनी विकास कोषमा पुगेर कोषको बारेमा अध्ययन तथा अन्तरक्रिया भएको थियो ।

यता यहांका स्थानीय व्यवसायी तथा स्थानीय वासीले भने उक्त अनुगमनबाट सकारात्मक नतिजा आउनेमा आशंका व्यक्त गरेका छन् । उनीहरुले यस्ता अनुगमन यस अघिपनि धेरै भएको र हामीलाई छिट्टै विमानस्थल नियमित हुने झुटा आश्वस बाढेकोले विमानस्थल नियमित हुनेमा विश्वास गर्न नसकिने बताए । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न नसकेको भन्दै यहांका संघसंस्था, व्यवसायीहरु आन्दोलित हुदै आएका छन् । विमानस्थलमा अन्तराष्ट्रिय उठान नियमित गर्न नसके आफुहरुले आन्तरिक उडान समेत ठप्प पार्ने यहांका स्थानीयले सरकारलाई चुनौति दिदै आएका छन् ।

“विभिन्न वाहाना बनाउंदै व्यवसायीलाई झुक्याउंदै आएको सरकारले बीच असारमा अनुगमन टोली पठाउनु यहांका जनतालाई चक्लेट बाढ्नु जस्तै हो सिद्धार्थ होटल एशोसियनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले भने । ” सोही विमानस्थललाई आधार बनाएर ठुलो लगानी गरेका पर्यटन व्यवसायी सडकमा आएको उनले गुनासो गरे । “यदि सरकारले अब पनि विमान उडाउन सक्दैन भने विमानस्थललाई क्रिकेट मैदानमा परिणत गरे हुन्छ अध्यक्ष श्रेष्ठको आक्रोस छ । ”

सिद्धार्थ उद्योग व्यवसायी संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सार्वजनिक लेखा समितिको टोलीबाट अनुगमन हुनु सकारात्मक रहेपनि अनुगमन के का लागि भन्ने अन्योलता भएको बताए । उनले भने “ अनुगमन विमानस्थल संचालनका लागि हो कि निर्माणमा अनियमितता छानविन गर्न हो भन्नेमा हामी अन्योल भयौं । ” समाचार अनुसार असोज १ गतेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मर्मतको लागि रातिको समयमा बन्द हुदैछ यदि गौतमबुद्ध विमानस्थललाई त्यसको विकल्पको रुपमा प्रयोगमा ल्याउने हो भनेपनि यसको प्रबन्ध मिलाउन निकै छोटो समय भएको अध्यक्ष श्रेष्ठको भनाई छ । यहांका संघसंस्था व्यवसायीहरुको दवावका कारण सरकारले यो कदम चालेको हो भन्ने लागेको छ श्रेष्ठले भने ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले अनुगमन औपचारिकताका लागि पेपर वर्क मात्र भएको प्रतिक्रिया दिए । साच्चै गौतमबुद्ध विमानस्थल सुचारु गर्ने मनसाय हो भने औपचारिक रुपमा अनुगमनको हल्ला गर्दै भेरहवा आउन टोलीलाई आवश्यक नै पर्दैनथ्यो । उहांहरु काठमाडौंबाट नै प्राविधिक समस्या सामाधन गर्न सक्ने आधारहरु हुंदा हुदै अनुगमनका नाममा पेपर वर्क गर्ने र शीर्षकको बजेट सक्ने मात्र काम हो अध्यक्ष ज्ञवालीले भने । वास्तवमै अनुगमन हो भने उहांहरुलाई स्थानीयको कुरा सुन्ने, सुझाव लिने फुर्सद नै छैन् हतारको अनुगमनबाट धेरै आशा गर्न सकिदैन भन्ने हाम्रो बुझाई हो अध्यक्ष ज्ञवालीको भनाई छ ।

भैरहवामा रहेर लामो समय पत्रकारिता गरिरहेका पत्रकार माधव ढुंगानाले जनताको माझमा सस्तो लोकप्रियताका लागि अनुगमन गरिएको प्रतिक्रिया दिए । साच्चै विमानस्थल चलाउने हो भने कुटनीतिक पहल गरेर प्राविधिक विषयहरु मिलाउनु पर्नेमा अनुगमनको हल्ला गरेर यहांका स्थानीयको आंखामा छारो हाल्ने काम गरेको पत्रकार ढुंगानाको भनाई छ । सरकारका उच्च पदस्त व्यतिmहरुनै काठमाडौंका व्यवसायीसंग सांठगांठ गरेर यो विमानस्थल चल्न नदिने खेलमा लागेको पत्रकार माधव ढुंगानाले बताए । अनुगमनमा अनियमिता ठहर भईहालेपनि कारवाही गर्ने हैसियत अहिलेको संघीय संसदीय सार्वजनिक समितिले नराख्ने ढुंगानाको दावी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!