काशीकी पन्त नगर प्रथम, सिद्धार्थनगरका कति विद्यार्थी भए उत्तीर्ण?

भैरहवा । काशी नोबल एकेडेमी सिद्धार्थनगरले एसइइ उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विगतका वर्षहरु जस्तै यस वर्ष पनि विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो । विद्यालयले २०८० मा १सय १३ विद्यार्थी एसईईमा सहभागी गराएको विद्यार्थी श्रीदिमा पन्त एसईई सिद्धार्थनगर प्रथम भइकिछन । विद्यालयले उनी सहित सबै उतीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

काशीले यस अघि पनि उत्कृष्ट नतिजा ल्याउदै विद्यार्थीको प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको थियो , आइतबार विद्यालयका प्रथम हुने छात्र र छात्रालाई नगद सहित सम्मान गरेको हो । २०५१ सालमा स्थापित विद्यालयले २०६३ सालबाट एसएलसीमा सहभागीता जनाउदै आएको छ । अहिले सम्म विद्यालयबाट १२ सय ५१ विद्यार्थी उर्तीण गराउन सफल भएकोे विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले जानकारी दिए । सृदिमा पन्त ३.९६ जिपिए,दृष्टान्त रेग्मी ३.९१ जिपिए सहित विद्यालयका उत्कृष्ट छात्र छात्रा हुन । उनले विद्यार्थीहरुको प्रोत्साहनका लागि विगतका वर्षहरुबाट उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिदै आएको बताए । एकेडेमी सन्चालक समिति अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको सम्मान कार्यक्रमममा प्रमुख अतिथि प्याब्सनका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले उद्घाटन गर्नुहुदै सहभागी विद्यार्थीलाई सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताले एसइइ को नतिजापछि अब शैक्षिक यात्रा नजिक ,पायक पर्ने,अभिभावकको नजरभित्र र रुचि भएको विषयमा अध्ययन गर्न सुझाव दिए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ,उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ,प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेल,सामुहिक विद्यालय परिवारका अध्यक्ष बसन्त पाण्डे,सिद्धार्थनगर वडा न.१२ का अध्यक्ष कुमार गुरुंग,लिलाराम न्यौपाने माविका प्रध्यानाध्यापक रुपकुमार रायमाझी, एकेडेमीका सहायक प्रिन्सिपल श्री रायमाझी लगायतले बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

सिद्धार्थनगरका कुन विद्यालयका कति उत्तीर्ण

गत चैत्रमा नगरका सामुदायिक तथा संस्थागत ३५ वटा विद्यालयबाट रुपन्देहीको सिद्धार्थनगरबाट एसईईमा १ हजार ५ सय ६१ जना विद्यार्थी सहभागी भएकोमा ६ सय ९० जना अर्थात ४४ दशमलव २ प्रतिशत विद्यार्थीमात्रै उतीर्ण भएका छन । १२ सामुदायिक र २३ संस्थागत विद्यालयहरुबाट विद्यार्थीहरु सहभागी भएपनि ३ वटा सामुदायिक विद्यालयको नतिजा शुन्य आएको छ । विहिबार सार्वजानिक गरिएको माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा अनुसार समुदायिक विद्यालय तर्फ पक्लिहवा माविको ४३ जना मध्ये २ जना, भैरहवा नमुना माविको ८५ जना मध्ये ४ जना, रुपन्देही लिलाराम माविको २ सय ३ जना मध्ये ९२ जना, भानु माविको ७२ जना मध्ये ८ जना, सुसंस्कृत माविको २६ जना मध्ये १७ जना , बहिरा बाल माविको १० जना मध्ये ८ जना, सुर्यदेव माविका २८ जना मध्ये १ जना र नव दुर्गा माविको ३० जना मध्ये ६ जना मात्रै उर्तीण भएका छन । सामुदायिकका महात्मा बुद्ध, संस्कृत विद्याश्रम, बेलहिया माविको नतिजा शुन्य रहेको सिद्धार्थनगर शिक्षा शाखाले जानकारी दिएको छ ।

यस्तै संस्थागत तफबार्ट आर्य पब्लिक स्कुलले शत प्रतिशत विद्यार्थी उतीर्ण गरेको छ । बुद्ध ज्योतिले ३६ जना विद्यार्थी सहभागी गराउदा १६ जना उर्तीण भएका छन, एआरडी मोडलबाट १४ जना मध्ये ९ जना, सनसाइनबाट ४८ जना मध्ये ३२ जना, इस्ट वेस्टबाट २८ जना मध्येबाट ३ जना, आदर्श विद्या मन्दिरबाट २५ जना मध्ये १२ जना, जेसिसबाट ५८ जना मध्ये ३९ जना, बृहस्पतिबाट ४८ जना मध्येबाट १६ जना, मनकामनाबाट २३ जना मध्ये १९ जना उतीर्ण भएका छन । यस्तै मन्टेश्वरी मेमोरियलबाट ३० जना सहभागी हुदा ८ जना, नेपाल नालन्दाबाट ३८ जना सहभागी हुदा २० जना, साइग्लोबलबाट ७९ जना मध्ये ४२ जना , सिबी पब्लिकबाट १८ जना सहभागी हुदा ४ जना, पश्चिमाञ्चलबाट ६६ जना सहभागी हुदा ६१ जना, अमरज्योतिबाट ६८ जना सहभागी हुदा ५५ जना, न्यू इराबाट ७१ जना सहभागी हुदा ३६ जना, काशी नोबलबाट १सय १३ जना मध्ये ९५ जना, बुद्ध ज्ञाननिकेतनबाट २४ जना मध्ये ७ जना, मुनलाइटबाट ७८ जना मध्ये ३९ जना, युनिभर्सल पब्लिकबाट १९ जना मध्ये ७ जना मात्रै उर्तीण भएका छन ।

यसैगरि पशुपति शिक्षा मन्दिरबाट २२ जना सहभागी भएकोमा ४ जना, हेभेन्लीबाट २५ जना मध्येबाट १० जना, ब्राइट स्टारबाट ४३ जना मध्ये ५ जना र मोर्डन पब्लिकबाट १० जना मध्ये ५ जनाले मात्रै एसईई उर्तीण गरेको नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।

आफ्नो नतिजामा चित्त नबुझे नजिता सार्वजानिक भएको १५ दिनभित्र अनलाईन माध्यमबाट पनि पुर्नयोगको लागी आवेदन दिन सक्ने व्यवस्था भने मिलाईएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय समेत गरेको छ ।

धेरै विद्यार्थीहरु अध्ययनबाट बन्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले शुक्रबार निर्णय गरेकी छिन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विहिबार सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!