खडेरीका कारण तराईमा खानेपानीको समस्या, रोहिणीद्धारा भूमिगत जल लगायतका माध्यम प्रयोग गरी रोपाई नगर्न आग्रह

भैरहवा, समयमा मनसुन सक्रिय नहुंदा रुपन्देहीका तराई जिल्लाहरुमा खानेपानीको समस्या देखिन थालेको छ । खडेरीका कारण खानेपानीको हाहाकार हुन सक्ने भन्दै रुपन्देहीको रोहिणी गाउँपालिकाले असार १३ गते बिहीबारदेखि भूमिगत जल (डीप ट्युबेल, बोरिङ लगायतका माध्यम प्रयोग गरी रोपाई कार्य नगर्न÷नगराउन आग्रह गरेको छ ।
विगत केही समयदेखि खडेरीका कारण रोहिणीमा खानेपानीको समस्या रहेकोले सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सम्पूर्ण गाउँपालिकाबासीमा यस्तो अनुरोध गरिएको अध्यक्ष विद्या प्रसाद यादवले बताए । रोपाई गर्ने मुख्य समयमा वर्षा नहुँदा किसानलाई सास्ती भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!