सिद्धार्थनगरको स्वरुप झल्किने गरी स्थानीय पाठ्यपुस्तक तयार

भैरहवा  । सिद्धार्थनगरका विद्यार्थीहरुले स्थानीय पाठ्यपुस्तक मार्फत नगरको सम्पुर्ण जानकारी पाउने भएका छन् । राष्ट्रिय शिक्षा नीति २०७६ ले राष्ट्रिय पाठ्यक्रममा समेट्न नसकिएका महत्वपुर्ण स्थानीय विषयवस्तु समेट्ने गरी एक सय पुर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार गर्न निर्देशन गरे अनुसार सिद्धार्थनगर नगरपालिकाले कक्षा १,२,३,४ ७ र ८ सम्मका लागि पाठ्य पुस्तक तयार गरेको नगर शिक्षा शाखाका प्रमुख उपसचिव चेतनशिल लम्सालले जानकारी दिए । शाखामा जनशक्ति कम एवम् बजेटको अभावका कारण कक्षा ५ र ६ को पाठ्यपुस्तक भने अर्को वर्षबाट मात्र लागु गरिने उनले बताए ।

उनका अनुसार नगरभिक्रका विज्ञ व्यतित्वहरुको एक समिति निर्माण गरी पाठ्यपुस्तकमा समेट्ने विषयवस्तुलाई अन्तिम रुप दिईएको छ । स्थानीय पाठ्यपुस्तकमा विद्यार्थीहरुको कक्षा स्तर अनुसार नगरको कृषि,पर्यटन, शिक्षा, साहित्य,धर्म संस्कृति,संस्कार,खानपान,भेषभुषा लगायतका विषयवस्तु समेटिएका छन् ।

‘हाम्रो सिद्धार्थनगर’ नाम दिईएको पाठ्यपुस्तक तयार भएको छ । नगरभित्र संचालित विद्यालयहरुमा लागु गर्न खोजिएको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सिद्धार्थनगर’लाई अन्तिमरुप दिन गृहकार्य भएको थियो । पाठ्यक्रम यसअघि नै तयार पारिएको थियो । बीचमा कोरोना महामारी सुरु भएपछि केही समय पछाडि धकेलिएको हो । यो बीचमा विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तोकेको अधिनमा रही नगरपालिकासाग सहकार्य गरेर विद्यार्थीहरुलाई स्थानीय पाठ्यपुस्तक पढाउादै आएका थिए । नगरपालिकाले किताब छपाएर सबै विद्यालयमा पुर्याएर विद्यार्थीको हातहातमा उपलब्ध गराउने गरी पाठ्यपुस्तकलाई अन्तिमरुप दिईएको हो ।

नगरपालिकाले पुस्तकलाई परिमार्जनसहित अन्तिमरुप दिनका लागि सरोकारवाला पक्षबाट सुझाव संकलन गरेको छ । तयार पार्न लागिएको हाम्रो सिद्धार्थनगर पाठ्यपुस्तकका लेखक तथा परामर्शदाता प्रेमनारायण भुसालले राष्टिय पाठ्यक्रमले समेट्न नसकेका बिषयबस्तुलाई स्थानीय पाठ्यपुस्तकले समेटनु पर्ने बताए ।

उनका अनुसार, उक्त पाठ्यपुस्तकमा सिद्धार्थनगर क्षेत्रको पहिचान दिने खालका भौगोलिक, सामाजिक, राजनीतिक, धार्मिक, साहित्य, कृषि, स्वास्थ्य, खेलकुद, आर्थिक, पर्यटकीय पहिचान दिने बिषयबस्तुलाई समेटिएका छन् । ‘यो पाठ्यपुस्तक बालमैत्री, समावेशी र स्थानीय आवश्यकतामा आधारित रहेर तयार पारिएको छ’, भुसालले भने, ‘खोज अनुशन्धान, मनोरञ्जनात्मक, बातावरण र बालवालिकाको भावानात्मक, संवेगात्मक सिप विकास गर्ने क्रियाकलापमा पनि जोड दिइएको छ ।’

विद्यालय तहबाटै स्थानीयस्तरको विषयमा जानकारी गराउने उद्देश्यसहित यस्तो फाठ्यक्रम निर्माण गर्ने गरिन्छ । याठ्यत्रमको उद्देश्य बालबालिकालाई स्थानीय भूगोल, सम्पदा, परम्परा, पर्यटन, सीप तथा रोजगारको विषयमा जानकारी गराउनु हो । नगर प्रमुख इश्तियाक अहमद खााले शैक्षिक उद्देश्य प्राप्तिका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउने गरी पाठ्यपुस्तक तयार भएको बताए ।

‘पाठ्यक्रममा मैले बुझेअनुसार सबै कुराहरु समेटिएका छन् । गहन अध्ययन र परामर्शमा पुस्तक लेखिएको मेरो बुझाई हो’, उनले भने, ‘पुस्तक विद्यार्थीको हातहातमा पुग्नु अघि केही विषय छुट भएकी भन्नेबारे हामी सचेत भएर सुझाव संकलन गरिरहेका छौं ।’ उनले आफ्नो गाउाटोल र पालिकाबारे सानैबाट विद्यार्थीले जान्न र बुझ्न पाउादा भोलिका दिन अझै दक्ष बन्ने विश्वास व्यक्त गरे ।

केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका र स्थानीय आवश्यकता र विषयवस्तुका आधारमा स्थानीय मौलिकता, पहिचान र महत्वलाई बुझाउन हाम्रो सिद्धार्थनगर पाठ्यपुस्तकलाई अन्तिम रुप दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जनाए । ‘हामीले असारभित्रै सुझाव संकलनबाट उठेका विषयवस्तुहरु सम्बोधन गरी पुस्तक विद्यार्थीको हातहातमा पुर्याउने तयारीमा लागेका छौं’, उनले भने, ‘यसका लागि नगरपालिकाको टिम र यसमा संलग्न सबै विज्ञको उत्तिकै अहम् भूमिकाले काममा तिव्रता हुनेछ ।’

सुझाव संकलनमा सहभागीले उक्त पाठ्यपुस्तक लागु गरिनु प्रशंसनीय भए पनि केही कुराहरु परिमार्जन गरिनु पर्नेमा जोड दिएका थिए । उक्त पाठ्यपुस्तकलाई अन्तिमरुप दिन समितिको गठन गरि जिम्मेवारी दिइएको छ । पाठ्यपुस्तकमा सिद्धार्थनगरका हरेक क्षेत्रलाई समावेस गरिएको जनाइएको छ ।

पाठ्यपुस्तकमा अन्तराष्ट्रिय सिमा सम्बन्धी जानकारी दिनुका साथै यसबाट हुन सक्ने फाईदा,वेफाईदा, मानव वेचविखन सम्बन्धी जानकारी, लागु आषैध दुर्व्यसनका जोखिम र बच्ने उपाय लगायका विषयवस्तुहरु समेत समेटिएका छन् ।
नेपाल सरकार शिक्षा, विकास तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वय मार्गदर्शन २०७६ कार्यन्वयनका लागि देशका सबै स्थानीय तहमा परिपत्र गरेको थियो । ऊत मार्गदर्शन अनुसार शैक्षिक वर्ष २०७७ देखि कक्षा १ बाट कार्यान्वयनमा ल्याउन भनिएको थियो । तर स्थानीय तहमा शिक्षा शाखा व्यवस्थित नहुंदा र कानुनको अभावमा लागु गर्न सकेका थिएनन् । अहिले पनि राष्ट्रिय शिक्षा नीति पुरानै कानुन अनुसार संचालन भईरहेको अवस्थामा कतिपय काम गर्न कठिनाई हुने गरेको शिक्षा शाखा प्रमुख बताउंछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!