भैरहवा । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले एमाले अरु पार्टी जस्तो एक थान पार्टी नभएको तर्क गर्दै समाजलाई समृद्धितर्फ लिएर जाने पार्टी भएको बताएका छन । नेकपा एमाले रुपन्देही जिल्लाको १० औं जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले गरिबीबाट मुक्त गरी सबैलाई समान हैसियतमा उठाउने पार्टी नेकपा एमाले भएको बताए ।
नेपालको संविधान उत्कृष्ट संबिधान बताउँदै पौडलले म बेरोजगार भएं भनेर कसैले मुद्दा हाले अदालतले रोजगार दिने फैसला गर्ने बताए । अहिले जनताले आफ्नो अधिकार आफै पाएको उनको तर्क थियो । संविधान बनाएको तर त्यो कार्यान्वयन नभएको संबिधान कार्यान्यनका लागि एमालेको बहुमतको सरकार आवश्यक रहेको उनले बताए । “एमालेको बहुमत सरकार नबनेसम्म च्यासलका निर्णय सिंहदरबारमा जाने वातावरण जबसम्म जांदैन तबसम्म जनताका अधिकार प्राप्त हुंदैनन्, पौडेलले भने ।
आज मानिस पलायन भएका छन् । मानिसमा निरासा छ । एमालेको हैसियतमा नरहेकाले भएको हो । कांग्रेसले अरु कुनै पार्टीले सक्दैन नेकपा एमालेले मात्रै संबिधानको रक्षा गर्न सक्छ । सिंहदरबारले नेकपा एमाललेको निर्णयलाई पक्ष्याउनुपर्ने र आजको मूल मुद्दा राष्ट्रको मूल मुद्दा भएको पौडेलको भनाई थियो ।
अब नेकपा एमालेलाई निर्णायक राष्ट्रको शक्ति बनाउने गरी कार्यकर्तालाई पौडेलले निर्देशन दिएका छन् । सबैतिर एमाले छ । मतको हिसाबले पहिलो, बिचार शक्तिको हिसाबले एमाले पहिलो शक्ति हो । पौडेलले भने, अब यो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्नु पर्छ । त्यसका लागि एमालेको निर्णय देशको सरकारको निर्णय हुनुपर्छ ।
देशको विकास गर्न एमालेलाई पुर्ण बहुमत दिन आबश्यक रहेको बताउँदै पौडेलले मिशन ८४ भनेको त्यही एमालेलाई राष्ट्रिय शक्ति बनाउने भएको बताए । एमालेले मुलुकको नेतृत्व गर्ने अबसर पाए १० बर्षमा देशलाई नयां उचाईमा पुर्याउने, २ कार्यकाल नेतृत्व गर्न पाए देश बन्ने पौडेलको भनाई थियो ।
जनताका सबै समस्या समाधान गर्ने पार्टी नेकपा एमाले भएको पौडेलले बताउँदै अब शक्तिशाली पार्टी बनाउने गरी सबै लाग्न आग्रह गरे । रुपन्देही जिल्लामा एमाले निर्णायक शक्ति हो । जनाधार हेर्नुस । एमाले संग टक्कर गर्ने पार्टी छैन । अहिलेको राष्ट्रिय राजनीति परिस्थिति कांग्रेसले पुर्पुरोमा हात लगाएको अबस्था भएको आरोप लगाउँदै उनले चुनाबमा एमालेका विरुद्धका भएको गठबन्धन टिक्न नसकेको बताए ।
“कांग्रेस बाहेकका सबै पार्टी हामीसंग थिए । प्रधानमन्त्री नियुक्त हुनु भो । कांग्रेस बाहिरियो । अहिले यो समीकरण बनेको छ । कांग्रेस पछुतो मानिरहेको छ । यो समीकरणलाई ८४ को निर्बाचनसम्म लैजाने हो । कांग्रेसले पसिना पुछोस् । कांग्रेसलाई सरकार बाहिर बसेर चुनाब लडेको अनुभव छैन । यस पटक कांग्रेसले सरकार बाहिर भएर चुनाब लडोस् । ” पौडेलले भने । सधै उहीँ खेल, कांग्रेसले बुझे हुन्छ । हाम्रो उद्देश्य देशका पक्षमा काम गर्ने हो तर परिस्थितीले धेरै गर्न नसकेपनि केहि गर्न सकिन्छ । नेकपा एमालेलाई पुर्ण बहुमतको सरकार बनाएर देशलाई समृद्धि तर्फ लैजाने उनले बताए ।
अब पार्टीका बिचार बुझाउने, जनतालाई संगठित रुपमा परिचालन गर्दै सबै संगठित कार्यक्रता जानुपर्ने बताउँदै पौडेलले एमाले जनताको बिचमा सदैव रहेको तर्क गरे । “सबै प्रकारका चुनाबमा एमाले पुगेको छ । वन, खानेपानी, विद्यालय लगायतका ब्यवस्थापन समितिमा एमाले अंगाडि छ । जनताका शिक्षा, रोजगार, बिकास निर्माणमा जोडीएर काम गर्ने हो ।” पौडेलले भने ।
रुपन्देहीमा बिकासको च्याम्पियन भनेकै नेकपा एमाले भएको उनले बताए । एमालेसंग तुलना गर्ने कोहि भए देखाउन उनले खुला सभामै चुनौती दिए । “जडिबुटी ल्याउ भन्दा पहाड नै लिएर आउने हाम्रो तागत छ । त्यो तागतलाई देश बनाउन, समाज बनाउन हामी लाग्ने हो । बिकासमा हामी गर्व गर्न लायक काम गरेका छौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको पहल कर्ता एमाले हो । यसको जमिन ब्यबस्था गर्ने, बजेट ब्यबस्थापन गर्ने एमाले हो । आज एमाले सरकारमा नहुंदा बिमानस्थल चल्न सकेन ।” हामीले सिद्धार्थनगर र आसपासका पालिकाका जनतालाई उतारेर बिमानस्थल चलेन भने हामी चकटि लिएर बस्न उनले आग्रह गरे ।
नेकपा एमालेका केन्द्रीय सचिव छबिलाल विश्वकर्माले नेपाली समाज विविधता युक्त रहेको र त्यो नै पार्टीको शक्ति बन्न पुगेको बताए । उनले यो एकतालाई अझ मजबुत बनाई एमालेलाई देशकै बलियो शक्ति स्थापीत गर्नुपर्ने बताए ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले मुलुकको बिकास नहुनु यो ब्यबस्था भएको बताइन् । आज बिकास नहुनु अस्थिर सरकार हो । जब सरकारले काम गर्न थाल्छ तब सरकार गिर्छ । त्यो मनमोहनको ९ महिने सरकार हेर्नुस राम्रा काम ल्याउंदा मनमोहनको सरकार ढल्यो । अर्यालले भनिन्, केपी ओली प्रधानमन्त्री हुंदा नाका बन्दी भयो हामी लम्पसार बादमा बिस्वांस गरेनौं ।
सरकारले धेरै काम गर्दै गरेको समयमा पहिलो पटक लिम्पियाधुर लिपुलेख यो जमिन हाम्रो हो भनेर केपी ओली सरकारले पहिलो पत्र भारतलाई बुझाउँदा त्यही कारण पार्टीको एकता टुटाइएको उनले बताइन । “जब यो मुलुकमा सरकारले राम्रो काम गर्छ तब त्यो सरकार गिराउने खेल हुन्छ । यहि राजनीतिक अस्थिरताका कारण बिकास हुन सकेन । व्यापक राजनीतिक धुर्बिकरणको आबश्यकता छ । एउटा सबै बामपन्थी पार्टीहरुको नेकपा एमालेले गर्ने अर्को दक्षिणपन्थी पार्टीहरुको नेतृत्व नेपाली कांग्रेसले गर्ने गरेमा साना तिना गुटबन्दी अन्त्य हुने उनको भनाई थियो ।
नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले रुपन्देही जिल्लामा सबै भन्दा ठुलो स्थापित पार्टी नेकपा एमाले भएको बताउंदै रुपन्देहीमा पार्टीलाई कसरी अंगाडि बढाउने भनेर लागिरहेको बताए । नेकपा एमालेका २३ वटा भातृसंगठन रहेको बताउंदै स्वतन्त्र विद्यार्थीको चुनावमा अधिकांस स्थानमा जितेको र एमाले युवाहरुको हक र हितमा काम गर्ने पार्टी भएको प्रमाणित भएको बताए । कार्यक्रममा नेकपा एमालेका पोटिब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज दल बहादुर राना, नेकपा एमालेका संसदिय दलका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरि लगायतले मन्तब्य राखेका थिए ।
रुपन्देहीको संक्षिप्त ईतिहास विमोचन
नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहासको पुर्ब अर्थमन्त्री तथा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले बिमोचन गरेका छन् । भैरहवामा भइरहेको नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा उक्त पुस्तक पौडेलले बिमोचन गरेका हुन् । रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास समेटिएको पुस्तक प्रकाशन गरेको नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास पुस्तकको प्रकाशन गरेको हो ।
रुपन्देही जिल्ला कमिटीले ७२ औं बर्ष पूरा गरेको अबसरमा नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डाक्टर मुरारी पराजुलीले गर्नुभएको छ । पुस्तक जम्मा ३ सय ५ पृष्ठ रहेकोमा ६ अध्यायमा रुपन्देही जिल्लाको परिचय, कम्युनिस्टको परिचय र प्रसार, नेपाल कम्युनिस्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको ईतिहास, एमाले रुपन्देहीको सक्षिप्त नेतृत्व परिचय तथा २००९ साल देखि २०८१ सालसम्मको नेकपा एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने ब्यक्तित्वहरुको समय अबधि सहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ ।
नेकपा एमाले रुपन्देही जिल्लाका प्रथम सचिब २००९–२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष (२०७८–२०८१) तेजेन्द्र केसीको ब्यक्तिगत र पार्टीगत जिवनी रहेको छ ।
