२८ पोका गाँजा फल्स बटनबाट सशस्त्र प्रहरी रुपन्देहीले गर्यो बरामद

भैरहवा । सशस्त्र प्रहरी रुपन्देहीले ठूलो मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । भारतीय कन्टेनर ट्रकमा फल्स बटन बनाई भारत लैजाने योजनाका साथ जान लागेको ट्रक भैरहवा र ओमसतियाको सिमाना क्षेत्रबाट बरामद भएको हो ।

भारतीय ट्रकमा ठूलो मात्रामा लागुऔषध गाँजा जादैछ भन्ने सूचना शसस्त्र प्रहरी बल नेपाल इन्टलिजेन्स केन्द्रिय ब्यूरोले दिएको थियो । जस अनुरुप शसस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेक्वा रुपन्देहीका प्रमुख गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक आनन्द थापाले बरामद भएको क्षेत्रमा आफ्नै कमाण्डमा चेकजाँच युनिट चेकपोष्ट खडा गरेका थिए ।

विशेष सूचनाको आधारमा तैनाथ टोलीले जाँचकै क्रममा भारतीय नम्बर प्लेट युपी ७८ बिटी ८२९७ नम्बरको ट्रकमा चालक बस्ने सिटभन्दा माथि फल्स बटममा लुकाईएको २७२ कलिो ३३० ग्राम गाँजा बरामद भएको एसपी थापाले भने । विहान सवा ३ बजेको समयमा ओमसतिया ४ नम्बर क्षेत्रबाट ट्रक सहित चालकलाई नियन्त्रणमा लिएका हौ । सामान आउदैछ भन्ने जानकारी कै आधारमा ठूलो सफलता मिलेको हो ।

२८ वटा पोकामा काँचो गाँजालाई प्रशोधन गरि कम्प्रेस गरेर गाँजा प्याकिङ गरिएको अवस्थामा फल्सबाट बरामद भएको हो । गाँजा संगै ट्रक चालक भारत लुधियाना सिंहपुरका ३६ वर्षिय सतनाम सिंहलाई नियन्त्रणमा लिईएको थापाले जानकारी दिए ।

हामीले नियन्त्रणमा लिएर तौल गरे पछि २७२ किलो ३३० ग्राम गाँजा बरामद भएको छ, कसले कस्लाई पठाउदै हो भन्नेबारे खुलेको छैन यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चितवन भन्दा १० किलोमिटर पहिलै जंगल क्षेत्रमा ट्रकको चालक भागेकोले सतनाम त्यो ट्रक चलाउनका लागि भारतबाट आएका हुन भन्ने बयान दिएका छन । उनलाई उनका मामा पर्नेले त्यो ट्रक ल्याउनका लागि १० हजार पाइन्छ भन्दै चालकको रुपमा पठाएका थिए । चालक सिंहले आफुलाई फल्स बटनबारे केही जानकारी नभई फसेको ट्रक तोकेको ठाउमा पठाउनको लागि मात्रै भनिएको एसपी थापाले उदृत गर्दै भने ।

एसपी थापाका अनुसार हाम्रो तथ्याङमा यति ठूलो मात्रामा गाँजा बरामद भएको थिएन , सम्भवत हाल सम्मकै ठूलो मात्रामा यो सफलता सशस्त्र प्रहरीलाई मिलेको छ । आवश्यक कानुनी पक्रिया पूरा गरि घटनाबारे थप अनुसन्धान गर्न गाँजा, ट्रक र चालकलाई नेपाल प्रहरीलाई बुझाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!