फोन गर्छु भन्दै मोबाइल लुट्ने गिरोह पक्राउ

भैरहवा ।
घटना १: माघ ४ गते ४ बजेर ३६ मिनेटमा रोहिणी गाउँपालिका वडा नं. ७ बस्ने दिपेन्द्र चौधरी भैरहवा देखी घर जाने क्रममा रोहिणी गाउँपालिका वडा नं. ३ धकधई चोकमा उभिराखेको अवस्थामा मोटरसाईकलमा आएका व्यक्तिहरुले एक्कासी हातमा बोकेको मोवाईल खोसी लगेर गयो ।
घटना २: माघ १६ गते ७ बजेर ३० मिनेटको समयमा ओमसतिया गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २० को संदिप कुमार पासी घरबाट मझौली चोक तर्फ जादै गर्दा मोटरसाईकलमा आएका व्यक्तिहरुले एक्कासी हातमा बोकेको मोवाईल खोसेर लग्यो ।
घटना ३: फागुन १७ गते ५ बजेरर ४० मिनेटको समयमा रुपन्देही सि.न.पा. वडा नं. ४ सुगरमिल बस्ने साबित्रा कान्दु गल्लामण्डी सडकमा मोवाईललमा साथीसंग कुरा गर्दै जाने क्रममा मोटरसाईकलमा आएका व्यक्तिहरुले एक्कासी हातमा बोकेको मोवाईल खोसेर लग्यो ।
घटना ४: फागुन २९ गते ४ बजेर ३० मिनेटको समयमा मायादेवी गाउँपालिका वडा नं. ३ बरेवा वस्ने बर्ष १९ को राजुभर घरबाट बेथरी तर्फ आउने क्रममा पछाडीबाट सेतो कालो रङ्गको पल्सरमा आएका व्यक्तिहरुले अति जरुरी परेकोले १ कल फन गर्न मोवाईल दिन आग्रह गरे, मोवाईल दिने वित्तिकै मोटरसाइकल हुइकाउदै भाग्यो ।

यि ४ वटा घटना त प्रहरीको सम्पर्कमा आएका उदाहरणीय घटना हो । यस्तै गतिविधी गर्दै गरेको युवाहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको विभिन्न स्थान मोबाइल लुट्ने समूहलाई पक्राउ गरेको छ ।

मोटरसाइकलमा आई सर्वसाधारणहरुको हातबाट मोवाइल लुटेर भाग्ने र मोबाइल बोकी उभिएका मानिसहरु नजिकै गएर अति जरुरी समस्या परेको १ कल फोन गर्न भनि मोबाइल मागेर लुट्ने गरेका ४ आरोपितलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले अनुसन्धानबाट लुटपाट कार्यमा संलग्न रुपन्देही सिद्धार्थनगर ७ का २५ वर्षिय मनिस हरिजन, सिद्धार्थनगर वडा नं. ३ का २४ वर्षिय देवान गुरुङ, सिद्धार्थनगर १३ का २४ वर्षिय रोमन घर्ति र चोरीको मोबाइल किन्ने सियारी गाँउपालिका ३ का ३१ वर्षिय मोहम्मद रसिद मुसलमानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए । उनीहरुको साथबाट विभिन्न कम्पनिको ८ थान मोबाइल र लु ५६ प ७१७ नम्बरको मोटसाइकल समेत बरामद भएको छ । पक्राउ परेका व्यक्तिहरुलाई चोरी तथा डाका कसुर शिर्षकमा मुद्धा दर्ता भई अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरी ७ दिन म्याद थप गरिएको प्रवक्ता भट्टले जानकारी दिए ।

समुहमा रहेको गिरोहले विभिन्न स्थानमा मोबाइल बोकेर उभिएको मानिसहरुको नजिकै मोटरसाइकलमा एक्कासी पुगी अति जरुरी समस्या परेको भनि मोबाइल माग्ने र मोबाइल बोकी फरार हुने गरेको, लुटेको मोबाइल विभिन्न स्थानहरुमा रहेका मोबाइल पसलहरुमा लगि बेच्ने गरेको, मोबाइल बेचे वापतको पैसाले लागु औषध सेवन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । आरोपित मध्ये केही विभिन्न कसुरमा सजाय समेत पाएको तथ्याङक छ ।

समूहमा रहेका युवाहरु मोटरसाईकलमा जाने,घुमिराख्ने, एक्लै भएका मानिसहरुलाई निसाना बनाउने गर्ने गरेका छन । मोबाइल लुटी बिक्रीबाट प्राप्त रकमबाट लागु औषध खरिद गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अनुसारको अवस्था हेरी २ वर्ष देखि ७ वर्ष सम्म कैद र २० हजार देखि ७० हजार सम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

यस्तै खोजतलासका क्रममा जिल्ला रुपन्देही मायादेवी गा.पा. ३ का ३८ वर्षिय अजय यादवर २४ वर्षिय अवध राम यादव लागु औषध सहित पक्राउ परेका छन भने सोही ठाँउका ३४ वर्षिय लक्ष्मण मल्लाह लागु औषध मुद्धामा फरार प्रतिवादीको रुपमा रहेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ११६ जनाले मोबाइल हराएको निवेदन दिएकोमा ७२ जनाको फेला परेको छ भने बाकीको खोज तलाश जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!