साना किसान कृषि सहकारीकाे २० औं साधारण सभा, अध्यक्षमा पुनः यादव

भैरहवा । मर्चवार क्षेत्रका किसानको आर्थिक उन्नतीमा साना किसान कृषि सहकारीले महत्वपूर्ण भुमिका खेलेको छ । २० वर्ष अघि मर्चवारमा अथक प्रयासले स्थापना भएको सहकारीले हाल ३ हजार ६ सय बढि परिवारको सहकारीको रुपमा स्थापित भएको संस्थाको २० औँ वार्षिक साधारणसभा तथा ५ औँ अधिवेशनमा वक्ताहरुले जोड दिए ।

मायादेवी गाउँपालिका–६ शिवपुर स्थित संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको साधारणसभामा बोल्दै लुम्बिनी प्रदेशका पूर्व शिक्षा मन्त्री तथा प्रदेश सभा सदस्य बसिउद्दीन खानले सहकारी मार्फत यस क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै अन्य सहकारी जस्तो आर्थिक समस्या केही नभएको उल्लेख गरे । ३२ लाख पुजीबाट सुरु भएको संस्था हाल ४१ करोड पुगेको बताउदै उनले सहकारी किसानहरुको बैंकको रुपमा रहेको बताए ।

साना किसान कृषि सहकारीका अध्यक्ष तथा पूर्व कृषिराज्य मन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले ३ हजार ६ सय ७७ जना सदस्य रहेको संस्थाको शेयर पुँजी १ करोड ७१ लाख २३ हजार रुपैयाँ रहेको जानकारी दिए । यस्तै जगेडा कोष ४ करोड ७६ लाख खर्च कटाएर कुल मुनाफा खुद मुनाफा ४८ लाख ६४ हजार बचत तर्फ २६ करोड ५५ लाख र ४१ करोड ५४ लाख लगानी गरेको छ ।

२०६० साल माघ ११ गते जिल्ला सहकारी संघ नवलपरासीमा सहकारी ऐन २०४८ अनुसार साना किसान कृषि सहकारी संस्था लिमिटेड गोनहा नामाकरण भएर कृषि विकास बैंक साना किसान विकास अयोजना गोनहा सञ्चालनमा आएको अध्यक्ष यादवले भने ।

संस्थाको संगाठनिक संरचनामा समूह, अन्तर समूह तथा संचालक समितिको तिन पाङग्रे संरचनामा साविकको गोनहा गाविस भित्रका ९ वटा वडामा ६५० समूह भित्र काम गरिरहेको छ । यस्तै साना किसान विकास बैंकले इजरायलमा रहेको कृषि प्रविधि साना किसान परिवारका शिक्षित युवा जनशक्ति मार्फत ११ जना युवाहरुलाई इजरायलमा कृषि तालिम दिलाएको छ ।

साधारण सभा कार्यक्रममा बोल्दै सहकारीका इलाका प्रमुख गणेश भटराईले ४८ वर्ष देखि साना किसान सहकारी कार्यक्रम नेपालमा चल्दै आएको बताए । संस्थाले नेपाल सरकारको कार्यक्रम स्थानीय संस्थाहरुमार्फत किसानहरुलाई फाइदा दिदै आएको बताए । सहकारीका अधिकृत निरन्जन निषद, मायादेवी ७ नम्बर वडाका अध्यक्ष शैलेन्द्र पाण्डे, ५ नम्बर वडाका अध्यक्ष तेज नारायण पाल समाजसेवी देवमणी पाण्डे लगायतले बोल्दै सहकारीले यस क्षेत्रमा ठूलो लगानी गरेकोले संस्थामा कुनै संकट नरहेको स्पष्ट पार्दै ढुक्क संग कारोबार गर्न आग्रह गरे । सहकारीले कृषिको क्षेत्रबाट किसानको आर्थि तथा सामाजिक उन्नतीमा ठूलो योग्दान गर्दै आएको बताउदै गरिबी, पछाडी पारिएको र महिलाहरुलाई समूहको आधारमा ठूलो उपलब्धि गरेको बताए ।

संस्थाको ५ औं अधिवेशनले ४ वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः ओमप्रकाश यादव गुलजारीलाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा अनिरुध बनिया, सदस्यहरुमा बनारसी चाई, रामकुमार यादव, कमला यादव, संगीता यादव, शोभा यादव, भगवानदास कुर्मी, र दिनेश बरईलाई चयन गरेको संस्थाका व्यवस्थापक अभय तिवारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!