‘समुदायको सहयोग विना प्रहरी बाच्न नसकिने’

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले समुदायको सहयोग विना प्रहरी बाच्न नसकिने बताएका छन । रुपन्देहीको देवदह–१ ढेकावारमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै डिआइजी कडायतले सकारात्मक रुपमा कानुन  र निर्दिष्ट आम नागरिकको सेवा, अपराध अनुसन्धान, शान्ति सुरक्षा र विकासको सवालमा प्रहरीको सक्रियतामा आम नागरिकको सहयोगको आधारले विकास निर्भर रहने बताए ।

सेवा प्रभावित गर्दा समुदायसँगको सहकार्य समुदाय प्रतिको विश्वास र प्रगाढपन पछिल्लो पटक देखिएको आम नागरिक प्रति देखिदै गएको नैरसात्पन, नकारात्मक सोचलाई अझ कम कसरी गर्न सकिन्छ भन्ने तिर यहाँको प्रहरी लक्षित हुन जरुरी रहेको बताए । स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने अपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगती सबै न्यूनिकरण र नियन्त्रण गर्न सकिने बताए ।

प्रहरी सरुवा होला तर भवन सरुवा हुदैन, सेवा प्रवाह सरुवा नहुने भन्दै उनले यसलाई उत्कृष्ट बनाउन कानुन कार्यान्वयन गर्न, सामाजिक क्रियाकलापका लागि सबै जुटेर गलत संगत, अपराधिक क्रियाकलाप बारेमा सल्लाह, सुझाव र सहकार्य गर्न डिआइजी कडायतले सबैलाई आग्रह गरे । सम्ुदायको सुरक्षा गर्ने प्रहरी पहिला आफु सुरक्षित हुन जरुरी छ । प्रहरी आफु सुरक्षित भयो भने ढुक्क सँग सेवा प्रदान गर्न सकिने बताउदै प्रहरी सुरक्षित भए समाज सुरक्षित हुने बताए । जुन समाजको सुरक्षाको व्यवस्था राम्रो हुदैन त्यो समाज सभ्य मानिदैन र विकासको सम्भावना हुदैन ।

‘प्लेनबाट आउने पर्यटकहरुले एयरर्पोटबाट निस्कीना साथ सडक र ट्राफिकको व्यवस्थापन कस्तो छ त्यसको आधारमा ठाँउको मुल्याङकन गर्छन । पैदल आउने पर्यटकहरुले सिमानाकामा गरिने व्यवहार, बाटो र सुरक्षाको अवस्थाको आधारमा त्यहाको विकास र आम नागरिकको मुल्याङकन गर्ने प्रचलन रहेको उनले भने’ । त्यसैले आवश्यकताकै आधारमा प्रहरीको युनिट आउने गरेको छ । राम्रो भवनमा बसेर मात्रै हुदैन, कार्यालयबाट दिने सेवा प्रवाह कति कानुनमा रहित छन, कति पारदर्शी छन, कति सुन्दर छन र कति सेवाग्राही फर्किदा सेवाबाट सकारात्मक र सन्तुष्ट भएर न्याय पाउछु भनेर फर्किए भने मात्रै प्रहरी प्रति विश्वास बढ्ने बताए ।

जहाँ प्रहरी युनिट छ त्यो प्रहरी आम समुदायको प्रहरी हो । प्रहरी आमसमुदायबाट टाढा बसेर प्रहरीको सेवा प्रदान हुदैन प्रहरीको औचित्य रहदैन । त्यसैले अबको दिनमा प्रहरी र नागरिकको बीचमा रहेको दुरीलाई कसरी कम गर्नेमा तर्फ जानु पर्ने बताए । ‘चुनौती धेरै हुन्छ, प्रहरी एउटा यस्तो निकाय हो जहाँ घर, बास केही हुदै प्रहरीले हेलिकप्टरबाट ड्रप गरे सेवा दिने निकाय हो । प्रहरीमा आवश्यकताहरु पूर्वाधार थपिदै जान्छ, स्तरउन्नती र स्थायी बनाउने कुरा चुनौती छ । प्रहरीले पनि आफु कार्यरत क्षेत्रलाई म यहाँको हु भन्ने ठानेर सेवा प्रवाह गर्नुपर्छ ।’ डिआइजी कडायतले भने

खैरेनी धकधई भित्रि सडक खण्डमा स्थानीय नागरिकको माग, आवश्यकता तथा बजारीकरण र आर्थिक चलायमान हुदै गएपछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ ६ नम्बर चोकमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गरिएको हो । प्रहरी मेरो हो, हाम्रो हो र हाम्रा लागि हो हाम्रो आवश्यकता हो भनेर नगरपालिकाले सहयोग गरेकोमा उनले धन्याबाद दिए ।

नेपाल प्रहरी प्रधान कार्यालयले १० महिना अगाडि अस्थायी प्रहरी पोस्टको रुपमास्वीकृत भई गरी बैशाख १९ गतेबाट भाडाको घरमा बसोबास गरी सेवा प्रवाह गर्दै आएको थियो । खैरेनी र धकधई करिब २० किलोमिटरको दुरीमा प्रहरी युनिट नभएकोले सुरक्षा युनिट आवश्यकताको महसुस गरी देवदह नगरपालिकाको नियमित बजेट १८ लाख र स्थानीय जनसमुदायको सहयोगमा आफ्नै ५ कोठे भवन सहितको अस्थायी प्रहरी पोस्ट उद्द्दाटन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विश्वकर्माले भने ।

भौगोलिक रुपमा पनि प्रहरी युनिट टाढा रहेकोले वर्तमान परिवेशमा अधुनिकीकरण, जिल्लाको बढदो शहरीकरण, अपराधको नयाँ शैली र आयामहरु संगै शहरोन्मुख यस क्षेत्रमा शान्ती सुरक्षा प्रदान गरी जनताको जिउ धनको सुरक्षा अमन चयन कायम गर्न चौकी स्थापनाले सहयोग मिल्ने एसपी विश्वकर्माले बताए । उनले यस क्षेत्रमा हुन सक्ने सवारी दुर्घटना, चोरी तस्करी नियन्त्रण, विपद्का घटना न्युनिकरण, विभिन्न किसिमका सामाजिक अपराधहरु नियन्त्रणमा यस चौकीले महत्वपुर्ण भुमिका खेल्ने भएपनि विना बर्दिका प्रहरी स्थानीय, स्थानिय निकाय, समुदायको सहयोग र सहकार्य अपरिहार्य रहेकोले सहयोग गर्नु पर्ने बताए ।

पहिला अस्थायी रुपमा भाडामा बसेर शान्ति सुरक्षाको सेवा प्रवाह गरेकोमा आज देखि आफ्नै भवनबाट हौसला र मनोबलका साथका सेवा प्रवाह हुनेमा विश्वस्त रहेको बताए । ५ कोठे चौकीमा कार्यालय, व्यारेक, मेस, थुनुवा कक्ष, शौचालय रहेको छ । पोस्टको स्थापनाले व्यवसायी र स्थानीयलाई सुरक्षाको पूर्ण अनुभूति हुने गरि प्रहरीले साथ दिने र प्रहरीलाई सही र सत्य सूचना दिई सहकार्यको भूमिका विना वर्दीको प्रहरी आम नागरिकले गर्नु पर्ने बताए ।

सुरक्षाको दृष्टिले रुपन्देहीको देवदह नगरपालिका क्षेत्र अति संवेदनशील क्षेत्रको रुपमा रहेको बताउदै स्थानियहरु प्रहरी चौकी स्थापना हुदा राहत महशुश गरेका छन् । बिगतमा दुर्गा तिवारी, बसन्त (बलु) पौडेलको हत्याले यो क्षेत्र अझै त्रासमा बस्यो । सुरक्षा निकायको उपस्थिति नहुदा घटना गराउन र सहजै उम्किने अवश्था रहेको थियो । रुपन्देहीको धकधई पछि देवदहको खैरेनीमा मात्र प्रहरी चौकी रहेको कारण प्रहरीलाई पनि शान्ती सुरक्षा कायम गराउन हम्मे हम्मे पर्ने गरेको थियो ।

देवदह नगरपालिकाका नगरप्रमुख ध्रुब प्रसाद खरेल एवं लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले अस्थायी प्रहरी पोस्टको उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै प्रमुख अतिथी नगर प्रमुख खरेलले छोटो समयमा यहाँको अवश्यकतालाई मध्यनजर गर्देै अस्थायी प्रहरी पोस्टका लागि आफ्नै भवनको व्यवस्थापन गरिएको बताए । ठूला ठूला अपराधका घटना पनि यसै क्षेत्रमा हुने, एक प्रकारको अपराधको केन्द्र समेत यो क्षेत्र बनेकोले चौकीको स्थापनले सुरक्षित गरेको महशुश भएको बताउदै अझै पनि सुरक्षाको हिसाबले चुनौती रहेकोले इलाका प्रहरी कार्यालयको स्थापनाका लागि जग्गा छुटयाएर केन्द्रमा प्रयास र पहल गरिरहेको नगरप्रमुख खरेलले भने ।

रुपन्देही प्रहरीले यसै बर्षमा रुपन्देहीका तीन ठाँउमा प्रहरी युनिट स्थापना गरेको छ । जिल्लाको सियारी गाउँपालिका अन्र्तगत छपिया, सैनामैना नगरपालिका अन्र्तगत रामापुरमा र देवदह नगरपालिकाको ढेकावरमा प्रहरी चौकीहरु स्थापना गरेसँगै रुपन्देहीमा नेपाल प्रहरीका ८४ वटा युनिट भएका छन । स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माको अध्यक्षता प्रहरी निरिक्षक दिपेन्द्र बानियाको संचालनमा भएको कार्यक्रममा देवदह नगरपालिकाकी उप–प्रमुख बिद्या लक्ष्मी गुरुङ्ग, रुपन्देहीका सहायक प्रमुख जिल्ला अपिपधकारी ध्रुव बहादुर कुंवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!