भैरहवा, ८ चैत
विश्वव्यापी महामारीको रुपमा फैलिएको रोकोना भाईरस संक्रमणका विरामी छिमेकी मुलुल भारतमा बढेसंगै सिमानाका सुनौलीमा नेपाली सेना चेकजांचमा आक्रमक तरीकाबाट सक्रिय भएको छ ।
भारतका विभिन्न शहरहरुमा संक्रमित व्यतिmहरुको संख्या बढेपछि भारतमा रोजगारीका लागि गएका नेपालीहरु त्था नेपालमा आफन्त भएका भारतीय नागरिक समेत सुरक्षित स्थानको खोजी गरि नेपाल भित्रिने क्रम बढेलगतै सिमानामा स्थापना गरिएको हेल्थ डेक्सलाई प्रभावकारी बनाउन नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेना खटाईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

प्रधानमन्त्रीले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा भारतसंग सिमा जोडिएका नाकाहरुमा चेकजांचमा कडाई गर्न निर्देशन दिए लगतै नेपाली सेनाका कर्नेल सहितको टोली सिमामा खटीएको हो ।
नेपाली सेनाको लेफटिनेन्ट कर्णेल ज्योती कुमार थापाको नेतृत्वमा परिचालन भएको टोलीले नाकामा प्रवेश हुने सबैको चेकजाच गरेर मात्र नेपाल भित्रन दिइएको छ । सिमानाकामा अहिले नेपाल भारतको सुरक्षा निकाय बिच सहकार्य गरेर कोरोना संक्रमणकोचेकजाच भैरहेको छ ।
यस अघि सिद्धार्थनगर गरपालिकाको आयोजनामा भैरहवास्थित भिम अस्पतालको सहकार्यमा वेलहियामा हेल्थ डेक्स स्थापना गरिएको थियो । हेल्थ डेक्स प्रभावकारी नभएको भन्दै संचारमाध्यममा समाचार संप्रेशण भएका थिए ।
सरकारको तर्फबाट स्थापना गरिएको हेल्थ डेक्सको लोकेसन सही नभएकोले प्रभावकारी बन्न नसकेको भन्दै स्थानीय वेलहिया गाउंसमाजका सल्लाकार रमेश थापा सहितको टोलीले स्थान परिवर्तन गरी ईलाका प्रहरी कार्यालय वेलहियाको दक्षिण तर्फ भारतबाट यात्रु प्रवेश गर्ने स्थानतर्फ लगेको थियो । टेण्ट,लाईट, कुर्सी लगायत स्थानको प्रबन्ध आफुहरुले मिलाएको स्थानीय रमेश थापाले बताए ।
विगत भन्दा यात्रुको आवत जावतमा दोब्बरले बृद्धि भएपछि स्थानीय,स्वास्थ्य कर्मी,नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी सबैले सक्रियताका साथ लागेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ईश्वरी अधिकारीले बताए । भारतबाट नेपाल प्रवेश गर्ने सवारीका चालक तथा सहचालकलाई समेत लाइनमा राखेर जांच गरेपछि मात्रै प्रवेश दिईएको छ ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार नाकाबाट प्रवेश गर्ने हरेक ब्यक्तीको स्वास्थ चेकजाच गरेर मात्र नेपालभित्रन दिइएको छ । अधिकारीका अनुसार १ सय डिग्री भन्दा बढि तापक्रम देखिए भारत फर्काउने गरिएको छ । बेलहियानाका हुदै अहिले दैनिक १५ हजार भन्दा बढि नेपाल भित्रि रहेका छन् । नाकामा अहिले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिका स्वास्थ शाखा र स्थानियको सहयोगमा कोरोना संक्रमणको चेकजाचलाई निरन्तरता गरेको हो । बेलहियाका स्थानिय धर्मराज गिरीले नेपाल सरकारले सिमा नाकामा उच्च सतर्कताका साथ कोरोना संक्रमण नेपाल प्रवेश गर्न नदिन लागेको बताए । हेल्थडेक्समा १२ जना स्वास्थ कर्मचारी बिभिन्न सिफ्ट गरेर एकपटकमा ५ जनाले स्वास्थ चेकजांच गर्ने गरेका छन् । हेल्थ डेक्समा चेकजांच गरेपछि शंकास्पद देखिए भारत सरकारले नाकामा राखेको थर्मल स्क्यानरमा पुन चेकजाच गराएर भारत फिर्ता पठाउने गरिएको छ ।
