स्थायी मण्डप नहुँदा वर्षेनी खर्चिन्छ लाखौँ रकम संरचनामा

भैरहवा । रुपन्देहीको भैरहवामा प्रत्येक वर्ष मेला महोत्सव लाग्ने गरेको छ । यस वर्ष पनि चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव हुदैछ । अहिलेको समय मेला महोत्सवको समय अर्थात मेला पर्वको महिना भनेर चिनिन्छ । मंसिर, पुष र माघ महिनामा विभिन्न ठाँउमा मेला महोत्सव हुने गर्छ । रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारबाट तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव सुरु भएको छ । यस्तै सैनामैना, देवदह, बुटवलमा पनि महोत्सवको तयारी छ । यी सबै मेला महोत्सव गर्नका लागि मण्डपको जरुरी पर्दछ तर रुपन्देहीको बुटवलमा मात्र मण्डप स्थल भएकाले वर्षनी रुपन्देहीमा मात्रै करोडौँ रकम अस्थायी मण्डपको संरचना निर्माणमा खेर गइरहेको छ ।

स्थायी मण्डप नभएकै कारण मेला महोत्सवका लागि अस्थायी संरचना निर्माण गरिन्छ र भत्काइन्छ । भैरहवामा मेलाका लागि ३ साताबाट अस्थायी संरचना निर्माणको लागि आयोजकहरु लागेका छन । करिब ३५ लाख निर्माणमा मात्रै खर्चिने अनुमानका निजी व्यक्तिको जग्गामा मेलाको तयारी भइरहेको छ । यस्तै शुक्रबारबाट सुरु भएको मणिग्रामको महोत्सवमा ३० लाख बढि अस्थायी संरचना निर्माणमा खर्चिएको छ ।

मुख्यतया मेला स्थलमा अस्थायी रुपमा बनाइने विभिन्न प्रतिकात्मक स्वरुप, प्रवेशद्वार, स्टल, मञ्च, शौचालय, सचिवालय लगायतका संरचनामा बढि रकम खर्चिने गरिएको छ । आकर्षक बनाउन र मेलाको ध्यानाकर्षणको केन्द्र बनाउन पनि आयोजकहरुले ती अस्थायी संरचनामा लाखौ खर्च गर्ने गरेको आयोजकको भनाई छ । अस्थायी संरचना तथा साज–सज्जामा लाखौ रकम निमार्णमा खर्च हुने गरेको छ । यो वर्ष रुपन्देहीमा मात्रै २ करोड बढि रकम अस्थायी संरचनामा खर्चिदै छ ।

यस्ता प्रकारको मेला महोत्सवले एका तर्फ उपभोक्तालाई उत्पादनलाई जोडेर व्यापार व्यवसाय प्रवद्र्धन गरिरहेको छ भने अर्का तर्फ करोडौँ रुपैया संरचनामा बर्षेनी खर्च हुदैछ । यसरी करोडौ सरकारको स्थायी मण्डप र संरचना नहुदाँ मेला आयोजकहरुलाई व्यवस्थापन गर्न पनि हम्मे हम्मे भइरहेको छ ।

अहिल व्यापार संगठनले व्यक्तिगत जग्गामा लिएर महोत्सवको तयारी गरिरहेको छ । स्थायी मण्डपको लागि धेरै प्रयास गर्दा समेत कुनै ठोस निर्णय नभएकोले यस वर्ष पनि संरचना निमार्णको लागि करिब ३० देखी ४० लाख रुपैयाँ खर्च हुने आयोजक सस्ंथा व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । अहिले देश आर्थिक मन्दी हुदा पनि केही भएपनि आर्थिक चलायमान होस भन्ने उद्धेश्यले मेला महोत्सव आयोजन ागर्न लागेको हो ।

मेला महोत्सवको लागि स्थायी संरचना नहँुदा अस्थायी संरचनाको लगानीको अधिक रकम खर्च भएको छ । हामीलाई मेला लगाउन र उत्पादनलाई उपभोक्त्ता सम्म पु¥याउनका लागि केन्द्र देखि स्थानिय निकाय सम्म धेरै पहल ग¥यौँ अन्तिममा आएर अहिले फेरि व्यक्तिको जग्गामा मेला लगाएका छौँ श्रेष्ठले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघले २०६१ साल देखि महोत्सव आयोजना गरेपनि स्थायी मण्डपको माग २०६० सालबाट गर्दै आएको छ । संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले स्थायी मण्डपका लागि निरन्तर पहल भइरहेको बताउदै कयौँ पटक डेलिगेशन, मन्त्री, प्रधानमन्त्री विभिन्न सरकारी वा निजी क्षेत्रको कार्यक्रममा आवाज उठाउने गरेपनि ठोस निर्णय भएको छैन । मुख्य रुपमा सरकार वा स्थानीय सरकारले गर्नुपर्नेमा केही मतलब नगरेका उनले आरोप ।
भैरहवा मण्डप मेला महोत्सव गर्नका लागि मात्रै नभई सबैको लागि हो । कुनै पार्टीको सभा, सम्मेलन गर्नु पर्दाबाटो नै जाम गर्नुपर्ने बाध्यतालाई हटाउन पनि मण्डप अति आवश्यक रहेको उनले भने । यो विषयमा राजनितिक पार्टी, सरकारी निकाय, पािलका वा नेतृत्वगर्ने मतलब नगरेकै कारण यस्तो अवस्था आएको हो ।

अध्यक्ष श्रेष्ठले निश्चित मण्डप तोके वर्षेनी खर्च भएको रकम लगानीको रुपमा स्थायी संरचनामा खर्च हुने र मेला महोत्सव वर्षमा एक पटक मात्रै नभई पटक पटक गर्न सकिने बताए । निश्चित मण्डपहरुको व्यावस्थापन गरेमा विशिष्टीकृत मेलाहरु वर्षभरी लगाउन सकिने र स्थानीय वस्तुको प्रवद्र्धन पनि बताए । अस्थायी ठाउँमा लगाउदा वर्षेनी लाखौ रकम खर्च भइरहेको छ ।

संगठनले स्थायी मण्डपका लागि निवर्तमान अध्यक्ष अनिल ज्ञवालीको संयोजकत्वमा समिति निर्माण गरी स्थायी मण्डपको पहल गरेको छ । यस अघि २०७४÷७५ सालमा उद्योग वाणिज्य संघ र व्यापार संगठनको पहलमा मण्डपकै लागि समिति बनेको थियो, जसबाट केही जग्गा पहिचान भई विकल्पको रुपमा अघि सारे पनि हाल सम्म टुंगो लागेको छैन ।
कति वर्ष देखि स्थायी मण्डपको माग गरे पनि हाल सम्म न त केन्द्र सरकार ले मण्डप दिएको छ न त प्रदेश वा स्थानिय सरकारले नै व्यवस्थापन गरेको संगठन तर्फका मण्डप व्यवस्थापन समितिका संयोजक ज्ञवालीले भने । हामीहरुको महोत्सव लगाउनुको उद्देश्य स्थानिय उत्पादनलाई बजारीकरण गर्नु र उपभोक्त्ता सम्म पु¥याउनु हो । जस्को एउटै उपाय मेला महोत्सव भएपनि स्थायी मण्डपका लागि केन्द्र देखि स्थानिय निकाय सम्म धेरै पहल ग¥यौँ अझै सम्म टुङगो नलागेका ज्ञवालीले भने । हामीले आवाज उठाउदै आएपनि यस्को सुनुवाई नहुदा हामीलाई मात्रै होइन कुनै राजनैतिक दल वा संस्थाको ठूलो कार्यक्रम हुदा पनि अस्थायी संरचनामा अधिक खर्च हुने गरेको छ ।
संयुक्त समिति मार्फत पनि सरकारलाई हामीले स्थायी मण्डपको व्यवस्थापनका लागि विभिन्न विकल्प ठाउहरु दिएका छौ । हालको रंगशालामा मेला महोत्सवहरु आयोजना हुने गरेको भएतापनि त्यहाँ अहिले क्रिकेट मैदान बनेको छ । हामीले कारागारलाई अन्यत्र व्यवस्थापन गरी सो क्षेत्र, भैलुभुजको जग्गा, गहुबालीको जग्गा , सिद्धार्थनगर नगरपालिकाको वडा नं. ११ मा रहेको जग्गा, सिद्धार्थनगर ३ को मैदान वा निजी व्यक्तिको जग्गा खरिद गरेर स्थायी मण्डप बनाउन सकिने विकल्पको रुपमा दिएका छौ । तर हाल सम्म कुनै सुनुवाई भएको छैन ।
समितिले जग्ग नगरपालिका स्वामित्वमा नै राखी मेला महोत्सव, राजनैतिक तथा सार्वजनिक कार्यत्रम, खेलकुद लगायतका कार्यक्रमका लिजमा दिए पनि हामी तयार रहेका छौ । निश्चित ठाँउ भए स्थायी संरचनाले वर्षेनीको खर्चमा कमि आउने समितिकोे भनाई छ ।
गहुवालीको ७० विघा बढि जग्गा मध्ये केही जग्गा मण्डपका लागि छुट्टयाए सिद्धार्थनगर, मायादेवी, ओमसतिया तिनै वटा पालिकालाई हुने राजमार्गबाट नजिक भएकोले पायक पर्ने संयुक्त समितिका सदस्य नारायण भण्डारीले भने ।
रुपन्देहीमा उद्योगी व्यवसायीको मात्र दर्जनौँ संघ सस्ंथा छन, वषैर्नी मेला लगाउनु पूर्व सोच्नु पर्ने अवस्था छ, मेला लगाम अस्थायी संरचनामा खर्च न लगाम संघसस्थाले मेला पनि लगाउन सकेन भन्ने आक्षेप संस्थामा आउने गरेको छ । लाखौँ रकम खर्च गरेर निर्माण गरेको संरचना भत्काउन पनि मन गर्दैन तर के गर्नु हामीसँग आफ्नो स्थायी मण्डप छैन, अरुको जग्गा लिजमा लिएर लगाउनु पर्ने बाध्यता छ ।

हुन त मेला महोत्सव आन्तरीक बजार प्रवद्र्धन, स्वदेशि उत्पादनको प्रयोग बढाउने, स्थानीय उत्पादनको पहिचान गराउने उदेश्यले संचालन गरिएको हुन्छ । यस्ता मेला महोत्सवमा आधुनिक उपकरण, नविन प्रविधि औद्योगिक उपकरणका बारे उद्यमी व्यवसायी तथा कृषकहरुलाई जानकारी गराउन सहयोगि पनि हुने गर्दछ । जुन मेलाले उत्पादक बिक्रेता र उपभोक्तालाई निकै फाईदा पु¥याउँछ ।

लामो समय देखि मेला महोत्सव लाग्दै आएपनि सरोकारवाला निकायले मेला महोत्सवको लागि स्थायी संरचनाको निमार्ण गर्न सकेको छैन । उद्योगी व्यवसायीहरुको संस्थाले हरेक वर्ष लगाउदै आएको मेला महोत्सव सम्पन्न गर्नका प्रत्येक वर्ष १० लाख देखि १ करोड सम्म अस्थायी संरचना तथा सजावट निमार्णमा खर्च गर्दै आएका छन । जसले गर्दा अस्थायी संरचना निमार्णमै आयोजक संस्थाको लाखौँ लाख रुपैयाँ फजुल खर्च भईरहेकोले अब यस क्षेत्रमा मेला संचालन गर्नका लागि स्थायी संरचना आवश्यक छ । केही दिनको लागि भनेर गरिने यस्ता लगानीहरु भन्दा स्थायी संरचना र मण्डपहरुतर्फ सरोकारवाला निकायले ध्यान दिए निजी संघसस्थाले हरेक वर्ष स्थायी संरचनाहरु बनाउन सकन्थ्यिो ।

आगामी मंसिर ६ देखि १८ गतेसम्म भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारी तीव्र पारिएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजना, सिद्धार्थनगर नगरपालिकाको सह–आयोजना तथा नेपाल चेम्बर अफ कमर्श काठमाडौं र चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको संरक्षकत्वमा हुने महोत्सवको तयारी तीव्र पारिएको हो ।

सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा हुने महोत्सवको ७० प्रतिशत बढी काम सम्पन्न भइसकेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए । उनले आर्थिक क्षेत्र चलायमान हुन नसकेको अवस्थामा आर्थिक क्षेत्रमा केही भए पनि चलायमान होस् भन्ने उद्देश्यले मेला सञ्चालन गर्न लागिएको बताए । उनले उद्घाटन भएर पनि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दबाब दिन मेलाको प्रवेशद्वार हवाइजहाजको आकृतिमा निर्माण गरिने बताए । उनले भने, ‘विमानस्थल झल्किने गरी ८० रुपैयाँको टिकटमा जहाजमा प्रवेश गरेर मेलास्थलमा जान सक्ने गरी प्रवेशद्वार बनाउँदैछौं ।’ त्यस्तै मेला सचिवालय अर्घाखाँचीमा रहेको प्रसिद्ध सुपा देउराली मन्दिरको आकृतिमा बनाइने उनले जानकारी दिए । ‘मेलामा सेल्फी÷टिकटक जोन पनि रहनेछ, ’श्रेष्ठले भने ।

महोत्सव स्थानीय उत्पादन र कृषिको प्रवद्र्धन गर्ने स्थान रहेको उनको भनाइ छ । खेलकुदको प्रवद्र्धनका लागि भलिबल, कुस्ती लगायतका खेल प्रतियोगितामा महोत्सव सञ्चालन गरिने श्रेष्ठले बताए । तराईमा धेरै रुचाइएको कुस्ती प्रतियोगितामा महिला पहलमानको समेत सहभागीता रहने उनले जानकारी दिए ।

महोत्सवको करिब ५ लाख दर्शकले अवलोकन गर्ने उनले बताए । मेलामा ३५० देखि ४५० सम्म स्टल राख्ने लक्ष्य रहेको र केही स्टलहरु दर्ता गर्न बाँकी रहेको उनले बताए । सरकारले गर्नुपर्ने महोत्सव निजी क्षेत्रले गर्दै आएको उनले बताए । ‘वास्तवमा मेला महोत्सव राज्यले गर्नुपर्छ, तर प्रत्येक वर्ष निजी क्षेत्रले आयोजना गर्दै आएको छ । विदेशमा सरकारले मेला महोत्सवको आयोजना गर्छ । मेलाका लागि स्थायी मण्डप नहुँदा वर्षेनी करोडौं लगानी र समय अस्थायी संरचनमा खर्चिनुपरेको छ, ’उनले भने । भैरहवा मण्डप स्थापना नभएसम्म समस्या रहेको उनको भनाइ छ ।

संगठनका पूर्वअध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले अर्थतन्त्रमा थोरै भए पनि गति आओस् भन्ने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय गरिएको बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!