सुनौली भन्दा कम मुल्यमा एनजीमै सामान, उद्घाटनमा ३ कराेडकाे उपहार

भैरहवा । रुपन्देहीको तिलोत्तमा– ५ मणिग्राममा अवस्थित एनजी मार्केटले सुनौली भन्दा कम मुल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने दाबीका साथ ग्राहकहरुका लागि ३ करोड बढिको उपहार योजना ल्याएको छ ।
दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना भएको मार्केटले भारतिय बजार भन्दा गुणस्तरीय र सस्तो उपलब्ध गराउदै भव्य उद्घाटनको अवसरमा एक हजार नियमित ग्राहकलाई विभिन्न उपहार लक्की ड्र (गोलाप्रथा) मार्फत दिने जनाएको छ ।

मार्केटले यस अघि मंसिर ७ गते हरिबोधनी एकादशीको अवसर पारेर लक्की ड्र पारदर्शी तरिकाले खोलिने बताए पनि निर्माणको काममा ढिलाई र आर्थिक मन्दीका कारण २०८१ को पहिलो दिन उत्सवको रुपमा उपहार योजना खोल्ने कम्पनिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए ।

दैनिक उपभोग्य बस्तु्का लागि भारतिय सिमावर्ती बजार जाने प्रवृतिलाई रोक्न, स्वास्थ्यलाई मध्यनजर गर्दै उपभोक्तामा गुणस्तरीय बस्तुको प्रयोगको सचेतना बढाउन मार्केटले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सेवा प्रदान गरिरहेको छ । जानी नजानी हामीले गुणस्तरहीन बस्तुहरु उपभोग गरिरहेको अवस्था गुणस्तरको शत प्रतिशत ग्यारेन्टी र बजार(मार्केट) भन्दा कम मुल्य उपभोग्य बस्तुहरु कम्पनिले उपलब्ध गराउदै आएको अध्यक्ष बन्जाडेल भने ।

घरायसी लगायतका सबै समानहरु विक्री वितरण गर्दै आएको मार्केटमा खाद्यान्न, फर्निचर, विधुतीय सामान, जुत्ता, चप्पल, गार्मेण्ट, शैलुन, बुटिक, रेष्टुरेण्ट, क्याफे लगायत बस्तुहरुको हजारौ संकलन रहेको छ । बजार र अन्य मार्केटको अध्ययन गरी मुल्य र गुणस्तरमा मार्केटले ध्यान दिदै आएको छ । उपभोक्तालाई गुणस्तरीय र सस्तामा समान उपलब्ध गराउन, यस क्षेत्रका उपभोक्ता सुनौली गई राज्यको रेमिट्यान्स अबैध तरिकाले बाहिरीने परिपाटीको न्यूनिकरण गर्न, स्थानीय बजारको प्रवर्धन गर्न मार्केटको मुख्य उद्देश्य रहेको मार्केटका म्यानेजर दिपक भट्टराईले भने ।

‘गुणस्तरप्रति उपभोक्ताको सधैं अविश्वास रहने हुदा त्यसलाई चिर्नका लागि एकै छाना मुनि सबै बस्तुको संगालो ‘सपिङ सेन्टर’को अवधारणा ल्याएको कम्पनिका संचालक आवास बन्जाडेले भने । दैनिक करोडौ रकम नेपाली उपभोक्ताले सुनौलीमा खर्चेका छन, यसलाई रोक्न सके मात्रै राज्यको लाखौ रकम जोगिने र अहिलेको आर्थिक संकटमा सहयोगी बन्ने संचालक बन्जाडेले भने ।

हामीले उपभोक्ता सुनौली नजाउन भन्नकै लागि ५ हजार बराबरको लुगा कपडा किन्दा, ५ हजारको एउटै विलिङ रेष्टुरेन्टमा गर्दा र १० हजार सम्मको दैनिक उपभोग्य बस्तु खरिद गर्दा लक्की ड्र कुपनको व्यवस्था गरेका छौ । लक्की ड्र खुल्ने अवधिमा जति पटकमा खरिद गरे पनि यो कुपन पाइने व्यवस्था रहेको र जसबाट एक जार जनालाई उपहारको व्यवस्था रहेको बन्जाडेले भने ।

उत्सवकै दिनमा लक्की ड्र पारदर्शी तरिकाले खोलिने छ । जस्को प्रथम पुरस्कारमा १० धुरमा बनेको ढाई तल्ला घर, दोस्रो पुरस्कारमा किया ब्रान्डको कार, तेस्रो पुरस्कारमा ३५० सिसीको बुलेट बाइक, र चौथो पुरस्कारमा भेस्पा स्कुटर एक–एक जनालाई रहेको छ ।

त्यस्तै १५ जनालाई एक टनको एसी, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई बासिंङ्ग मेसिन, २५ जनालाई ५५ इन्चको टिभी, १२५ जनालाई राइस कुकर र ८ सय १ जनालाई आइरन गरी एक हजार उपभोक्तालाई उपहार रहेको मार्केटले जनाएको छ । एनजी मार्केटसँगै कम्पनिले रियल स्टेट, पर्यटन व्यवसाय, हाउजीङ र पर्यटन व्यवसायमा लगानी गर्दै आए पनि छिटै नै गुणस्तरी खाद्य बस्तुको वर्गीकरण गर्दै प्रसोधन र प्याकेजिङको उद्योग सुरुवात गर्न लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!