होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन, राम प्रसाद पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति

भैरहवा ।  होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन विहीवार भैरहवामा सम्पन्न भएको छ । संगठनका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुकेले होटल व्यवसायीहरुका समस्या समाधानमा सरकारले प्राथमिकता दिनुपर्ने बताए । अध्यक्ष चुकेले समय सापेक्ष व्यवसायीहरु पनि व्यवसायिक हुनुपर्ने बताए । पर्यटनको पहिलो आधार होटल व्यवसायलाई सबै पक्षबाट संरक्षण गरिनु पर्ने बताउदै उनले प्रहरी प्रशासन र व्यवसायीबीच मित्रवत सम्बन्ध भएमात्र पर्यटन व्यवसाय फस्टाउन सक्ने बताए ।

सोही अवसरमा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले राज्यको गलत नीतिका कारण होटल व्यवसाय धरापमा परेको आरोप लगाए । राज्यले पर्यटन व्यवसायका लागि ठोस कमद चाल्न नसक्दा कोरोना पछि अधिकांश होटलहरु बन्द भई कयौं मजदुरको रोजगारी खोसिएको उनले बताए । जसका कारण नेपाली व्यवसायीहरु व्यवसाय छोडर विदेश पलायन हुन बाध्य भएको उनको तर्क थियो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले होटल व्यवसायका नाममा अमर्यादित गतिविधि रोकिनु पर्ने बताईन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धभुमिमा बसेर अनैतिक काम गर्ने छुट कसैलाई नहुने् भन्दै मर्यादित व्यवसायको पक्षमा सबै एकमत हुनुपर्ने धारणा राखे । कानुनभित्र रहेर व्यवसाय गर्ने व्यवसायीको पक्षमा प्रशासन सधै साथमा रहने उनले प्रतिवद्धता व्यक्त गरे । आफ्नो व्यवसाय संचालन गर्ने कुनै पनि व्यवसायीले सामाजिक जिम्मेवारीलाई पनि विर्सिन नहुने प्रजिअ अर्यालले बताए ।

भीम अस्पताल भैरहवाका अध्यक्ष एवम् उद्योग व्यापार संगठन रुपन्देहीका पुर्व अध्यक्ष नारायण प्रसाद भण्डारीले सरकारी निकायले नीजि क्षेत्रबाट लगानी भएका व्यवसायलाई संरक्षण गर्न नसक्नु विडम्बना भएको बताए । विना कुनै आधार अनुगमनको नाममा व्यवसायी तर्साउने स्थानीय सरकार र प्रहरी प्रशासनका गतिविधि रोकिनु पर्ने भडारीको माग थियो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नीजि क्षेत्रका सवालमा सरकारी पक्ष गम्भिर बन्न नसक्दा अहिलेको अवस्था आएको बताए । सिद्धार्थनगरमा रात्रीकालिन बजारको अवधारणा गरिएपनि प्रशासनको असहयोगका कारण अगाडि बढ्न नसकेको उनको गुनासो थियो ।

सो अवसरमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका सल्लाहकार सागर अधिकारी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, होटल तथा रेष्टुरेण्ट व्यवासायी संघ बुटवलका अध्यक्ष लेखनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

महासचिव राजेश महोत्राको संचालन तथा निवर्तमान अध्यक्ष गणेश वेल्वासेको स्वागत तथा वरिष्ठ उपाध्यक्ष राम प्रसाद पोख्रेलको धन्यावाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । संगठनले पर्यटन व्यवसायमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने होटल व्यवसायीलाई सम्मान समेत गरेको थियो ।

अध्यक्षमा पोख्रेल

यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको आगामी कार्यकालको लागि सर्वसम्मत नयां नेतृत्व चयन भएको छ । नयां नेतृत्वका लागि अध्यक्ष पदमा रामप्रसाद पोख्रेल, बरिष्ठ उपाध्यक्षमा लिलाधर भट्टराई, दुई उपाध्यक्षमा नरेन्द्र खनाल, दिनबन्दु खनाल, महासचिवमा बाल बहादुर घिमिरे, सचिवमा कल्पना न्यौपाने, कोषाध्यक्षमा दल बहादुर थापा, सहकोषाध्यक्षमा गुनाखर गौतम निर्विरोध निर्वाचित भएको निर्वाचन समित संयोजक सुरेन्द्र वस्यालले जानकारी दिए ।

यसै गरी सदस्यहरुमा शुभराज गौतम, अर्जुन प्रसाद गौतम, रोमकान्त भट्टराई,पदम प्रसाद पन्त, हुमनाथ ढकाल, ज्ञानेश गुरुङ्ग , शुशिल पौडेल चयन भएको वस्यालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!